काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन र सरकारलाई लगाउँदै आएको 'अलच्छिन'को आरोपलाई निरन्तरता दिएका छन्।
मंगलबार काठमाडौंमा आयोजित चुनावी सभामा उनले आफूहरु सरकारमा छउञ्जुल लोडसेडिङ नभएको तर सरकारबाट हट्ने बित्तिकै लोडसेडिङ सुरु भएको बताए।
'हामी सरकारमा छउञ्जेल जुनसुकै काम गर्न पनि पैसैपैसा हुने। हामी सरकारबाट हिँडेपछि कुनै काम गर्न पैसा नहुने। कहाँ गयो पैसा? राज्यको ढुकुटी कहाँ गयो? देशमा अलच्छिन कहाँबाट पस्यो? यही पाँच दलीय गठबन्धन', ओलीको भनाइ थियो।
ओलीले यसअघि पनि गठबन्धन र सरकारलाई लक्षित गर्दै यस्तै अभिव्यक्ति दिने गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।