• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली अभिव्यक्ति : 'भौतिकवादी' स्कुलिङको 'अलच्छिन' अवतार

64x64
किशोर दहाल सोमबार, वैशाख २६, २०७९  २०:३२
1140x725

काठमाडौं- 'नेकपा एमाले सरकारमा गएपछि पैसा छैन कहिल्यै भनेन। बाटो चौडा गर्न कहिल्यै पैसा छैन भनेन। मेडिकल कलेजका लागि पैसा छैन भनेन। सभागृहका लागि पैसा छैन भनेन। बाटोहरु र नदी नियन्त्रणका लागि पैसा छैन भनेन। देशभरि नै कहीँ पनि विकास निर्माणका कामहरुमा पैसा छैन भनेन। तर यो गठबन्धन आयो, पैसा छैन। कस्तो अलच्छिन पस्यो देशमा? देशमै अलच्छिन पस्यो। अबको ३० गतेको निर्वाचनले यस अलच्छिनलाई जरैसमेत उखेलेर, जरासमेत टक्टक्याएर फ्याँकिदिनेछ। फ्याँक्ने कामको सुरुवात कमसेकम यो वैशाख ३० गतेको निर्वाचनले गर्नुपर्छ।'

यो अभिव्यक्ति पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको हो। उनले आइतबार बुटवलामा आयोजित एमालेको चुनावी सभामा सत्ता गठबन्धनलाई आलोचना गर्नका लागि 'अलच्छिन' जस्ता शब्द प्रयोग गरेका हुन्। तर सरकारको आलोचना गर्न उनले यस किसिमको शब्द प्रयोग गरेको यो पहिलो पटक होइन। केही समययता उनले गरेका हरेकजसो सम्बोधनमा सरकारलाई उनले सिधै अलच्छिन वा सोही भाव जनाउने अन्य शब्द प्रयोग गर्ने गरेका छन्।

कतिसम्म भने, सरकार अलच्छिन भएकाले गाडी दुर्घटना भएको भन्न समेत भ्याएका छन्। एमालेको तत्कालीन मेची-महाकाली राष्ट्रिय अभियानका क्रममा २०७३ फागुन २९ गते भैरहवा पुगेका उनले भनेका थिए- 'यो सरकार बनेका दिनदेखि गाडी नपल्टिएको कहिल्यै छैन। उधुमै अलच्छिन।'

उनले सरकार र सत्ता गठबन्धनका दलहरुलाई 'अलच्छिन' करार गर्न हाप्सिलो र गिद्धसँग दाँज्ने गरेका छन्।

अध्यक्ष ओली, जसले कम्युनिस्ट शिक्षा दीक्षाबाट हुर्किएको वा त्यसको मूलभूत मान्यताप्रति आस्था राख्ने कार्यकर्ताहरुको नेतृत्व गर्छन्। भन्नु पर्दैन, कम्युनिस्ट आदर्शप्रति आस्थावान्‌को सोचाइ पद्धति भौतिकवादमा आधारित हुने गर्छ। जसले हरेक घटनाको कारण खोज्छ, प्रमाणविहीन तर्क र अन्धविश्वासलाई मान्यता दिँदैन।

त्यतिमात्रै होइन, एमालेकै कैयौँ दस्तावेजमा सामाजिक कुरीति र अविश्वास हटाउने प्रतिबद्धता व्यक्तसमेत भएका छन्। एमालेले आगामी स्थानीय तह निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा पनि यो विषयलाई जोडेको छ। भनेको छ- युवाहरूलाई छुवाछुत, छाउपडी, दाइजो, तिलक, जातीय तथा लैंगिक भेदभाव, अन्धविश्वास, कुसंस्कारजस्ता सामाजिक कुरीति हटाउँदै सामाजिक–आर्थिक र सांस्कृतिक रुपान्तरणको अभियानमा अग्रणी भमिूकामा स्थापित गर्ने।' त्यही निर्वाचनका लागि भोट माग्ने क्रममा ओली भने आफ्नै पार्टीले अंगीकार गर्ने सोचाइ पद्धति र पार्टीको सार्वजनिक प्रतिबद्धतालाई उल्लंघन गर्दै आफ्ना भाषणमा बारम्बार 'अलच्छिन' लगाइरहेको पाइन्छ।

भौतिकवादसँग लच्छिन/अलच्छिन, मंगल/अमंगल, शकुन/अपशकुन, पवित्र/अपवित्र, शुद्ध/अशुद्धको गोरू बेचेको साइनो पनि नभएको राजनीतिक विश्लेषक राजेन्द्र महर्जनको भनाइ छ। 'नेपाल र दक्षिण एसियाको मामिलामा यी सबै धर्मतन्त्र, जात व्यवस्था र त्यसको ब्राह्मणवादी वैचारिकीसँग सम्बन्धित छन्, जुन मनमाथि वर्चस्व (हेजिमोनी) र शरीरसँगै स्रोत-शक्तिमाथि प्रभुत्व (डोमिनेसन) का लागि उपयोगी अस्त्र हुन्', नेपाल लाइभसँग उनले भने।

धर्मभीरू जनगणको मनमाथि वर्चस्वका लागि धर्म, मिथक, अन्धविश्वासको प्रचारबाजी साह्रो प्रभावशाली हुन्छ भन्ने ओलीलाई थाहा भएकैले यस्तो तर्कको सहारा लिने गरेको महर्जनले बताए। ओली साँच्चै कम्युनिस्ट, साँच्चै ऐतिहासिक भौतिकवादी र द्वन्द्ववादी भएका भए त अन्धविश्वासविरुद्ध पो प्रश्न उठाउनुपर्ने उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

लच्छिन/अलच्छिन मात्रै होइन, केही दिनयता उनी ज्योतिषशास्त्रको पनि वकालत गर्दै हिँडेका छन्। असार १७ गतेको मिति नै तोकेर उनले सत्ता गठबन्धनमा संकट आउने बताउन थालेका छन्। त्यसका लागि कुनै राजनीतिक आधार होइन, बरु ज्योतिषशास्त्रको सहारा लिएका छन्। ज्योतिषीले नै त्यस्तो भनिरहेको उनको भनाइ छ। तर ज्योतिषीहरुबाट त्यस्तो सार्वजनिक अभिव्यक्ति आएको र चर्चा भएको पाइँदैन। उनी भने ज्योतिषीलाई सोधेर संकटबारे स्पष्ट हुने पत्रकारलाई आग्रह गरिरहेका छन्। 'ज्योतिषीलाई सोध्नुस् न स्पष्ट पार्छन्। ज्योतिषीहरु भनिरहेका छन्,' आइतबार आयोजित एमालेको पत्रकार सम्मेलनमा उनको अभिव्यक्तिबारे जिज्ञासा राखेका पत्रकारलाई पन्छाउँदै उनले जवाफ दिएका थिए।

अझ रोचकचाहिँ के छ भने, चर्चामै नरहेको विषयलाई आफूले चर्चामा ल्याएर, ज्योतिषीलाई सोधेर थप प्रष्ट हुन आग्रह गरेका उनले ज्योतिषीप्रति शेरबहादुर देउवाले विश्वास गर्ने गरेको भनिरहेका छन्। शनिबार विराटनगरमा आयोजित एमाले सभामा उनले भनेका थिए- 'शेरबहादुरजी असाध्यै ज्योतिषमा विश्वास गर्नुहुन्छ। त्यसो भए आफ्नो ज्योतिषीलाई बोलाएर सोध्नुस् भनेर मैले जेठको महिना कस्तो छ, असारको महिना कस्तो छ, सोध्नुस्। मैले दिन तोकिएको छु एउटा, असार १७ गते कस्ता ग्रह, दशा, नक्षत्रहरु कहाँ छन्, एकपल्ट ज्योतिषिलाई बोलाएर हेर्न लगाउनुस् त।'

'ओलीले चर्चा गरिरहेको ज्योतिषशास्त्र हैन, फलित ज्योतिषशास्त्रसँग सम्बन्धित देखिन्छ, जसमा वैज्ञानिकता पाउन कठिन छ', महर्जनको भनाइ छ, 'यस्तो अवैज्ञानिक र अराजनीतिक कामबाट 'सेकुलर' लोकतन्त्रको विखण्डनमात्रै गर्छ। यस्ता काम पटक–पटक गर्दै आएको नेतृत्वका लागि राजनीतिक–धार्मिक लाभहानी मात्रै सत्य हो, अरु सब मिथ्या हुन्।'

त्यसो त ओलीलाई वामपन्थी नभई रामपन्थी भएको भनेर आलोचना हुने गरेको छ। उनी प्रधानमन्त्री हुँदा चितवनमा रामको जन्म भएको दाबी गरेका थिए। त्यसलाई प्रतिष्ठाको विषय बनाउँदै उनले त्यहाँ राम मन्दिर स्थापना गर्नका लागि अग्रसरता मात्रै लिएका थिएनन्, प्रधानमन्त्री निवास बालुवाटारबाट धुमधामसँग राम-सीताको मूर्तिकाे बिदाइ गर्दै रथयात्रा चलाएका थिए। आफूलाई रामपन्थी भन्नेहरुलाई उनले अरु विषयमा जस्तो कठोर कटाक्ष गर्ने गरेका छैनन्, बरु घुमाउरो ढंगले अपनत्व लिने गरेका छन्। आफ्नो बचाउका लागि उनले सांस्कृतिक ऐतिहासिकताको जलप लगाउने गरेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२०७८ पुस १९ गते राष्ट्रिय जनसांस्कृति महासंघको कार्यक्रममा सम्बोधन गर्दै ओलीले भनेका थिए, 'एकजनाले अस्ति केपी ओली वामपन्थी होइन, रामपन्थी हो भनेछन्। हाम्रो सभ्यता र संस्कृतिको पृष्ठभूमिबाट नआइकनको वामपन्थी हो भने हावा वामपन्थी हो। त्यो वामपन्थी नै हुनसक्दैन। हाम्रो सांस्कृतिक पृष्ठभूमि, इतिहास, पूर्वीय दर्शन, पूर्वीय सभ्यता, पूर्वीय संस्कृति, यसको जगमा नपुगीकन हामी हाम्रो समाज आज यहाँ आइपुगेको छ, यसलाई अगाडि बढाउँछौँ भन्ने हो भने म सम्भव देख्दिनँ।'

उनी प्रधानमन्त्री हुँदा पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्नलाई उनले दिएका तर्क र गरेको गर्भानुभूति पनि अनौठो नै थियो। खासगरी, उनको पार्टीले बोक्ने सैद्धान्तिक र विचार पद्धतिले यस्तो विषयलाई प्राथमिकता दिने अपेक्षा गरिँदैन। महर्जन भन्छन्, 'ओली र एमालेको धार्मिकीकरण अर्थात् हिन्दूकरण तथा जनगणको मनलाई आस्था–विश्वास–श्रद्धा–भक्तिमा लिप्त बनाउने तिनको अभियानले खतरनाक संकेत गरेको छ, जुन भाजपाले प्रयोग गरिरहेको ‘सांस्कृतिक राष्ट्रवाद’ नामक भारतीय फासीवादको नेपाली संस्करणको रुपमा देखिन सक्छ।'

ओलीले 'अलच्छिन'लाई सन्दर्भमा ल्याएका प्रसंगहरुः 
२०७९ वैशाख २६। एमालेको चुनावी सभा। ललितपुर।

हामीले कहिल्यै विकासका लागि पैसा छैन भनेको तपाईंहरुले सुन्नुभयो कहिल्यै? तर नेकपा एमाले सरकारमा आउने, लच्छिन नै लच्छिन। गठबन्धन सत्तामा आएपछि अलच्छिन नै अलच्छिन। पैसा छैन। योजनाहरु कटे। ... निर्माण गरिसकेको कामहरुको भुक्तानी लिन आउँदा भुक्तानी प्राप्त गर्न सक्दैनन् ठेकेदारले। नयाँ आयोजना र कामहरु सुरु गरौँ भन्ने हो भने व्यवसायीले बैंकबाट ऋण पाउन सक्दैनन्। बैंकसँग पैसा छैन। कस्तो अलच्छिन लागेको? देशमा?
०००
२०७९ वैशाख २५। एमालेको चुनावी सभा। बुटवल।
नेकपा एमाले सरकारमा गएपछि पैसा छैन कहिल्यै भनेन। बाटो चौडा गर्न कहिल्यै पैसा छैन भनेन। मेडिकल कलेजका लागि पैसा छैन भनेन। सभागृहका लागि पैसा छैन भनेन। बाटोहरु र नदी नियन्त्रणका लागि पैसा छैन भनेन। देशभरि नै कहीँ पनि विकास निर्माणका कामहरुमा पैसा छैन भनेन।   तर यो गठबन्धन आयो, पैसा छैन। कस्तो अलच्छिन पस्यो देशमा? देशमै अलच्छिन पस्यो। अबको ३० गतेको निर्वाचनले यस अलच्छिनलाई जरै समेत उखेलेर, जरासमेत टक्टक्याएर फ्याँकिदिनेछ। फ्याँक्ने कामको सुरुवात कमसेकम यो वैशाख ३० गतेको निर्वाचनले गर्नुपर्छ।
०००
२०७९ वैशाख २४। एमालेको चुनावी सभा। विराटनगर।
...अहिले लोडसेडिङ चरम छ। महंगी वृद्धि छ। व्यापार घाटा छ। वैदेशिक मुद्रा छैन। सरकारसँग लगानी गर्ने पैसा छैन। हामीले तयार गरेका आयोजनाहरु कटौती गरेको छ। ती तयार आयोजनाहरु, ३९६ वटा अस्पताल, हरेक पालिका अस्पताल हामीले शिलान्यास गरेर अगाडि बढाएका थियौँ। योजना र बजेट सहित। अहिले आएर आयोजना पनि कट्यो, बजेट पनि छैन। के हुन्छ यस्तो? अलच्छिन किन लाग्छ यिनीहरु आएपछि देशमा? त्यस्तो कोभिडको महामारी हुँदा पनि अर्थतन्त्र डामाडोल भएको थिएन। मजबुत थियो। ... 
०००
२०७९ वैशाख २३। एमालेको चुनावी सभा। धनगढी।
... बाटोको बजेट कटेको छ। अस्पतालको बजेट कटेको छ। विद्यालय र क्याम्पसको बजेट कटेको छ। अरु बजेट कटेका छन्। कृषिको आधुनिकीकरणको बजेट कटेको छ। उद्योग स्थापनाको बजेट कटेको छ। अथवा, यो सरकार आएपछि देशमा यस्तो अलच्छिन लाग्यो कि पैसा चुहिए जसरी समाप्त भएको छ। देशमा पैसा छैन। ...
०००
२०७९ वैशाख ८। नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठक। काठमाडौं।
नेपाली कांग्रेस चुनौतीको एउटा शक्ति हुन्थ्यो। तर राम्रो गर्‍यो। नेपाली कांग्रेस अब नीतिको हिसाबले, विचारको हिसाबले, संगठनको हिसाबले, व्यवहारको हिसाबले, आचरणको हिसाबले, अरु हिसाबले, ग्रहको हिसाबले, नक्षेत्रको हिसाबले, दशाको हिसाबले, वास्तुको हिसाबले, कुनै हिसाबले पनि अलछिन जति बोकेर हिँडेको छ। कोही हाप्सिलाहरु जस्ता छन्। हाप्सिलो भन्ने थाहा छ नि तपाईंहरुलाई। कतै जान लागेका बेला हाप्सिलो हाफ् हाफ् गरेर कराउँछ, त्यसरी करायो भने अलच्छिन भन्छन्। यहाँ हाप्सिलैहाप्सिला काँधमा बोकेर, खोकिलामा बोकेर कांग्रेस हिँडेको छ। योभन्दा अलच्छिन के हुन्छ? त्यसकारण यिनीहरुको ग्रह, दशा, नक्षेत्र, जन्मकुण्डली सबैसबैसबै कुराले नेपाली कांग्रेस पनि एकमुष्ट यो गठबन्धनसँगै जाने भयो।
०००
२०७८ फागुन ७। सूर्य विनायक नगर अस्पतालको उद्घाटन समारोह। भक्तपुर।
अहिले कस्तो भएको छ? धुरीमा गिद्ध बस्यो भने अशुभ मानिन्छ। एउटै गिद्ध बस्दा पनि अशुभ मानिन्छ। पाँच-पाँच वटा गिद्ध धुरीमा बसे भने के होला? देशको हालत त्यस्तै भएको छ।  
०००
२०७८ पुस १९। राष्ट्रिय जनसांस्कृतिक महासंघको कार्यक्रम। काठमाडौं।
... ६ महिनामा बैंकमा पैसा छैन। ऋण माग्न जानु भयो भने पैसा पाइँदैन, धरौटीसरौटी जेसुकै राख्नुस्। यत्रोविघ्न आयोजना किन काट्नुपर्‍याे? बजेट छुट्याएको छ। सबै निर्दिष्ट बजेट छ। तर पनि चल्न नसक्ने, गर्न नसकिने, खर्च गर्न नसकिने भनेर किन ढाँट्नुपर्‍याे? मान्छेहरुले कहिलेकहिले अलच्छिन पस्यो भन्छन् नि। अलच्छिन पसेर यस्तो भएको हो। पाँच वटा अलच्छिन एकैपटक पसेपछि ढिकुटीको हालत के भयो होला?
०००
२०७८ पुस २३। एमाले काभ्रेको दशौँ जिल्ला अधिवेशन। काभ्रे।
हामीले कार्यक्रममा राखेका, योजनामा राखेका, बजेट पारेका र टेन्डर जान थालेका, ठेक्का लाग्न थालेका बाटाहरु, १४ सय त बाटामात्रै कटायो, रणनीतिक बाटाहरु, सदरमुकाम पुग्ने बाटाहरु, महत्त्वपूर्ण बाटाहरु, यो सरकारले। यो सरकार आउनेबित्तिकै अलच्छिन कसरी लाग्छ भनेको यस्तो? बैंकमा पैसा छैन, आयोजनामा पैसा छैन। कतै पैसा छैन। हुन त यस्तो किन नहोस्? एउटा अलच्छिन पस्यो भने पनि खराब गर्छ भने ५/५ वटा अलच्छिन पसेपछि के होला देशको हालत? कुलंघार, देशै बर्बाद पार्ने भइसके। ...
०००
२०७३ फागुन २९। एमालेको मेची महाकाली राष्ट्रिय अभियान। भैरहवा।
अहिलेको सरकार देशभक्तहरुको सरकारलाई हटाएर, विकासप्रेमी सरकारलाई हटाएर, विकासको कामलाई अगाडि बढाउने सरकारलाई हटाएर, नेपाली जनताले मन पराएको र माया गरेको सरकारलाई हटाएर अरुकै इशारामा, अरुकै कोसिममा, अरुकै प्रयासमा, एउटा यस्तो सरकार बनेको छ, तपाईंहरुलाई थाहा छ। यो सरकार बनेका दिनदेखि गाडी नपल्टिएको कहिल्यै छैन। उधुमै अलच्छिन। त्यसले एउटा सिंको भाँचेको छैन देशका लागि। देशका लागि कुनै काम गर्न सक्दैन। देशका जनतासँग उसलाई मतलब छैन।

प्रकाशित मिति: सोमबार, वैशाख २६, २०७९  २०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालले शिष्टाचार भेटवार्ता गरेका हुन् । मंगलबार, असोज २७, २०८३
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख उनी १८ असोजमा अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन तान्जानिया प्रस्थान गरेका थिए। मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी सहमहामन्त्री खुल्लातर्फ दुई पदका लागि नौ जनाबीच प्रतिस्पर्धा भएको थियो । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल मंगलबार, असोज २७, २०८३
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्