काठमाडौं- कोका–कोला कम्पनीले १३६औं वार्षिकोत्सव मनाएको छ। आइतबार सो कम्पनीले आफ्नो १३६औं वार्षिकोत्सव मनाएको हो।
८ मे १८८६ माजर्जियाको डाउनटाउन एटलान्टास्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोला कम्पनी र यो उत्पादनका परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले गरेका थिए। आज यो पेय पदार्थ करोडौं मानिसहरुको प्रिय भएको कम्पनीको दाबी छ।
कम्पनीले कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्ले लगायतका पेय पदार्थहरू उत्पादन गर्दै आएको कोका–कोलाले नेपालमा करिब ५ दशक अघि बालाजुको (बोटलर्स नेपाल लिमिटेड) र भरतपुरको (बोटलर्स नेपाल तराई लिमिटेड) मा दुई प्लान्ट स्थापना गरी आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको छ।
नेपाली उपभोक्ताहरुसँगको आफ्नो सम्बन्ध बलियो बनाउन प्रतिबद्ध कोका–कोलाले नेपालमा पेयपदार्थका किफायती विकल्पहरु उपलब्ध गराउँदै उनीहरुलाई आफ्नो आवश्यकता अनुसारको प्याकहरू छनोट गर्न सजिलो बनाएको दाबी गरेको।
यसै सिलसिलामा कोका–कोलाले सन् २०१९ माआफ्नो सबैभन्दा सानो र पोर्टेबल कान्छु प्याक लन्च गरेको थियो, जुन १७५ मिलिको आरजीबि बोतलमा २५ रूपैयाँमा उपलब्ध रहेको थियो।
नेपाली उपभोक्ताहरुसँगको आफ्नो सम्बन्ध अझै आत्मीय बनाउनका लागि यस प्याकको लोगो पनि नेपालीमै छापिएको थियो। त्यस्तै, विश्वव्यापी रुपमा सञ्चालन गरिएको कोक एन्ड मिलको नेपाली संस्करणको रुपमा मोःमोत्सव पनि विगत ७ वर्षदेखि नेपालमा सञ्चालन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।