काठमाडौं- सोमबार कैलालीको धनगढीमा सत्ता गठबन्धनको चुनावी सभा हुँदैछ।
चुनावी सभालाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बधोन गर्ने तय भएको छ।
यस्तै, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री फरमुल्लाह मंसुरलगायत अन्य नेताहरूले पनि सम्बोधन गर्ने कार्यक्रम छ।
चुनावी सभामा सहभागी हुन देउवा आइतबार नै धनगढी पुगिसकेका छन्। सोमबार देउवाको गृहजिल्ला डडेल्धुरामा चुनावी सभा हुनेछ।
सोमबार धनगढीको भेलालाई सम्बोधन गरेलगत्तै उनी डडेल्धुरा जाने कार्यक्रम रहेको छ।
देउवाको गृह प्रदेश रहेको यस क्षेत्रमा पार्टीको महाधिवेशनपश्चात पार्टीभित्र आन्तरिक किचलो रहेको छ। पार्टीको आन्तरिक द्वन्द्वकै कारण कांग्रेसको बलियो क्षेत्र मानिएको प्रदेशमा अहिले कमजोर देखिन थालेको आकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।