काठमाडौं– वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनलाई लक्षित गर्दै नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा ‘निर्वाचन अफर’ ल्याएको छ।
अफरअन्तर्गत ९८ रुपैयाँमा आवश्यकताअनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डेटा अफर प्रयोग गर्न सकिने बताइएको छ।
वैशाख २५ देखि जेठ ४ गतेसम्म उपलब्ध हुने अफरअन्तर्गत तीन दिनसम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक ९८ रुपैयाँमा उपलब्ध हुनेछ।
त्यस्तै, तीन दिनसम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएस सहितको ३०० एसएमएस प्याक पनि ९८ रुपैयाँमा उपलब्ध हुनेछ।
त्यसैगरी तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक पनि ९८ रुपैयामै खरिद गर्न सकिने कम्पनीले जनाएकाे छ ।
*१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।