• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
समाचार विश्लेषण

'दुर्घटनामा देश' : प्रचण्डको हताश मनस्थितिको अभिव्यक्ति

64x64
किशोर दहाल शुक्रबार, वैशाख २३, २०७९  १८:२०
1140x725
बिहीबार चितवनको भरतपुरमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्ड (तस्बिर: रासस)

काठमाडौं- बिहीबार भरतपुरमा आयोजित सत्ता गठबन्धनको आमसभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति यतिबेला चर्चामा छ। चुनावको बेलामा गठबन्धनका उम्मेदवारलाई मत माग्न पुगेको भए पनि धम्कीको भाषा प्रयोग गरेपछि उनको आलोचना भइरहेको छ।

'तपाईंहरूलाई अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, यो गठबन्धन गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देश र जनताको समृद्धि र विकासको आवश्यकता भन्ने नबुझेर, हँसिया हथौडामा भोट हालिँदैन भनेर भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,' कांग्रेसका नेता तथा कार्यकर्ता लक्षित प्रचण्डको अभिव्यक्ति थियो।

प्रचण्डले भरतपुरमा हँसिया हथौडा (मूलत: मेयर उम्मेदवार रेनु दाहाल) को जितलाई सर्वस्व ठानेको देखिन्छ। पछिल्लो समय कमै मात्र उत्तेजनात्मक भाषण गर्ने गरेका, बरु विगतका गल्तीहरुप्रति पश्चाताप गर्दै हिँडेका उनले मत माग्ने कार्यक्रममै अव्यावहारिक शैली अपनाएका छन्।

'प्रचण्डको अभिव्यक्ति नै यति तल्लो स्तरको छ कि नेपालको लोकतन्त्र, लोकतन्त्रको संस्थागत चरित्र र अहिलेको निर्वाचन आचारसंहितालाई पनि यसले गम्भीर ढंगले उल्लंघन गरेको छ,' राजनीतिक विश्लेषक मुमाराम खनाल भन्छन्।

चुनाव निश्पक्ष हुनेमा शंका
प्रचण्डले केही समययता नै निर्वाचनलाई स्वाभाविक लोकतान्त्रिक प्रक्रियाको रुपमा नअर्थ्याई लडाइँको रुपमा परिभाषित गरिरहेका थिए। त्यसैले उनले विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउनेभन्दा पनि आफ्नो पार्टीको जितलाई मुख्य प्राथमिकतामा राख्ने गरेका छन्। भरतपुरलाई उनले नै कुरुक्षेत्र भनेर घोषणा गरेका थिए जहाँ अहिले रेनुलाई जिताउने र संसदीय चुनावमा आफूले जित्ने उनको उद्देश्य देखिन्छ।

सोही रणनीति अनुसार सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार आफ्नै दल र आफ्नै छोरीलाई दिलाउन सफल भए। तर असाध्यै पुत्रीमोह देखाउन थालेपछि उनले आलोचना खेपिरहेका छन्। अर्कोतिर, कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलका कारण पनि उनले तनाव बेहोरिरहेका छन्। परिणामत: उनको उम्मेदवारी पहिले फिर्ता गराउन र अहिले निष्क्रिय गराउन पनि प्रचण्डले देउवामार्फत निकै प्रयत्न गरेका छन्। यी घटनाहरुले प्रचण्डमा बढेको चिडचिडाहटलाई अनुभूत गर्न सकिन्छ। बिहीबारकै सभामा पनि उनको अभिव्यक्ति थियो, 'तपाईंहरुले दिगो रुपमा यो गठबन्धनलाई सुदृढ गर्न मलाई ऊर्जा दिनुहुन्छ कि प्रचण्डलाई अझ टेन्सन दिएर हेरौँ न त भनेर टेन्सन दिन चाहनुहुन्छ?'

प्रचण्डको पछिल्ला प्रयत्न र बिहीबारको अभिव्यक्तिलाई एक ठाउँ राखेर हेर्दा भरतपुरमा स्वच्छ र मर्यादित निर्वाचन हुन्छ भन्नेमा आशंका उत्पन्न गराएको छ।

तर, लोकतन्त्रको वकालत गर्ने दल नेपाली कांग्रेसको नेतृत्व रहेको सत्ता र भरतपुरको सभामै कांग्रेसका नेता तथा कार्यकर्तालाई लक्षित गर्दै दिएको अभिव्यक्तिलाई कांग्रेसले प्रतिवाद गरेको छैन। त्यस्तो अभिव्यक्तिले आफ्नो छविमा कस्तो असर पर्ला भन्नेमा पनि कांग्रेस चिन्तित नभएको देखिन्छ। प्रचण्डपछि बोलेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रचण्डको अभिव्यक्तिको खण्डन गरेनन्।

Ncell 2
Ncell 2
nimb
nimb

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रचण्डको बचाउ गर्दै उनको अभिव्यक्तिको आशय बुझ्नुपर्ने बताए। उनले माओवादी, एकीकृत समाजवादी र जसपाले रुखमा पनि भोट हाल्ने हो र आफूहरुले पनि हँसिया हथौडामा हाल्ने भन्ने आशयमा बुझ्नुपर्ने बताए।

'मूल कुरा के हो भने जुन सहकार्य भएको छ। त्यो सहकार्य र गठबन्धन भत्कियो भने समस्या आउन सक्छ। हिजो ओलीले शासनसत्ता चलाउनुभयो। संविधानलाई नै आफूखुसी मनपरी ढंगले चलाउनुभयो। त्यसको विरुद्ध यो गठबन्धन बनेको हो,' उनले थपे, 'गठबन्धनलाई जोगाउन सकिएन भने समस्या आउँछ भन्ने आशयमा उहाँले भन्नुभएको होला।'

रेनुले जिते मात्रै गठबन्धन निरन्तर?
अहिलेको सत्ता गठबन्धन गठन गर्नुको उद्देश्यलाई बृहत् रुपमा अर्थ्याउने कोसिस दलहरुले गर्ने गरेका थिए। त्यसप्रति प्रचण्डले संशय सिर्जना गरेका छन्। अर्कोतिर, सोही मञ्चबाट गठबन्धनको निरन्तरताप्रति प्रचण्डको प्रतिबद्धता खोजेका कांग्रेस नेताहरुसंग उनले बार्गेनिङ पनि गरेका छन्।

प्रचण्डको भनाइ छ, 'गठबन्धन राष्ट्रको आवश्यकता हो, जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यकता हो, लोकतन्त्रको आवश्यकता हो भनेर तपाईं चितवनवासी जनताले उत्साहपूर्ण ढंगले भोट हालेर यो रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई विजयी गराउनु भयो भने म निकै उत्साहित हुनेछु। र यो गठबन्धनलाई १०,१५,२० वर्ष लाने मेरो प्रतिबद्धता हुनेछ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अनि, चितवनवासीले रेनु र चित्रसेन अधिकारीको टिमलाई विजयी गराएनन् भने के हुन्छ? प्रचण्डले सम्झना गरेको २०७४ सालको निर्वाचनको सन्दर्भले प्रष्ट पार्छ। '२०७४ सालमा रुखवालाले हँसिया हथौडामा भोट हाल्न धेरै न गाह्रो मानेको देखेँ,' उनले भनेका छन्, 'सपना त ठूलै देखिएको थियो। यो गठबन्धनलाई १० र १५ वर्ष लैजाने भनेर नै शेरबहादुर देउवाजी र मेरो बीचमा छलफल पनि भएको थियो। तर व्यवहारमा आउँदा मैले सहज देखिनँ। त्यतिबेला सहज नदेखिएको एउटा जिल्ला चितवन पनि हो। मेयरकै चुनाव पनि हो।'

प्रचण्डको भनाइको सार हो,  'रेनुलाई जिताइदिनुभयो भने गठबन्धनलाई लामो समयसम्म लैजाने प्रतिबद्धता व्यक्त गर्छु, हराइदिनुभयो भने २०७४ सालमा जस्तै गरी नयाँ गठबन्धनका लागि वाध्य हुनेछु।' त्यसको सम्भावनालाई उनकै अभिव्यक्तिले पनि पुष्टि गर्छ। सोही सभामा उनले एमालेका कतिपय साथीहरुले 'हामी नै मिलौँ' भन्न आउने गरेको पनि सुनाए।

'भरतपुर महानगरपालिकामा उनको छोरीले नजिते गठबन्धन नै भत्किनेसम्मको बार्गेनिङ लोकतान्त्रिक मूल्य मान्यताको बर्खिलाप छ,' विश्लेषक खनाल भन्छन्, 'प्रचण्डको निजी राजनीतिक सुरक्षाका लागि यो सबै आलोचना, गठबन्धनप्रतिको आक्रोश, गठबन्धनको विपक्षमा मिडियामा जनमत सिर्जना भएका कुराको रिस्कु कांग्रेसले पनि लिइरहेको छ।'

प्रचण्डको अभिव्यक्ति हताश मनोवृत्तिको अभिव्यक्ति मात्रै भएको बताउँछन् खनाल। '२०६२ र ६३ पछि सबैभन्दा ठूलो पार्टी भएका बेला माओवादीले ४० वर्ष शासन गर्छ भन्थे। नेकपा बनाएपछि ३० वर्षसम्म शासन गर्छ भन्थे। त्यतिबेला त एउटा खालका आधार पनि थियो। अहिले त आधारहीन तरिकाले कुरा गरेका छन्। यो उनको हताश मनोवृत्तिको अभिव्यक्ति मात्रै हो,' उनको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने आइतबार, कात्तिक १, २०८३
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने आइतबार, कात्तिक १, २०८३
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्