• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २१, २०८२ Tue, Oct 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन
समाचार विश्लेषण 'दुर्घटनामा देश' : प्रचण्डको हताश मनस्थितिको अभिव्यक्ति
64x64
किशोर दहाल शुक्रबार, वैशाख २३, २०७९  १८:२०
1140x725
बिहीबार चितवनको भरतपुरमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्ड (तस्बिर: रासस)

काठमाडौं- बिहीबार भरतपुरमा आयोजित सत्ता गठबन्धनको आमसभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति यतिबेला चर्चामा छ। चुनावको बेलामा गठबन्धनका उम्मेदवारलाई मत माग्न पुगेको भए पनि धम्कीको भाषा प्रयोग गरेपछि उनको आलोचना भइरहेको छ।

'तपाईंहरूलाई अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, यो गठबन्धन गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देश र जनताको समृद्धि र विकासको आवश्यकता भन्ने नबुझेर, हँसिया हथौडामा भोट हालिँदैन भनेर भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ,' कांग्रेसका नेता तथा कार्यकर्ता लक्षित प्रचण्डको अभिव्यक्ति थियो।

प्रचण्डले भरतपुरमा हँसिया हथौडा (मूलत: मेयर उम्मेदवार रेनु दाहाल) को जितलाई सर्वस्व ठानेको देखिन्छ। पछिल्लो समय कमै मात्र उत्तेजनात्मक भाषण गर्ने गरेका, बरु विगतका गल्तीहरुप्रति पश्चाताप गर्दै हिँडेका उनले मत माग्ने कार्यक्रममै अव्यावहारिक शैली अपनाएका छन्।

'प्रचण्डको अभिव्यक्ति नै यति तल्लो स्तरको छ कि नेपालको लोकतन्त्र, लोकतन्त्रको संस्थागत चरित्र र अहिलेको निर्वाचन आचारसंहितालाई पनि यसले गम्भीर ढंगले उल्लंघन गरेको छ,' राजनीतिक विश्लेषक मुमाराम खनाल भन्छन्।

चुनाव निश्पक्ष हुनेमा शंका
प्रचण्डले केही समययता नै निर्वाचनलाई स्वाभाविक लोकतान्त्रिक प्रक्रियाको रुपमा नअर्थ्याई लडाइँको रुपमा परिभाषित गरिरहेका थिए। त्यसैले उनले विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न गराउनेभन्दा पनि आफ्नो पार्टीको जितलाई मुख्य प्राथमिकतामा राख्ने गरेका छन्। भरतपुरलाई उनले नै कुरुक्षेत्र भनेर घोषणा गरेका थिए जहाँ अहिले रेनुलाई जिताउने र संसदीय चुनावमा आफूले जित्ने उनको उद्देश्य देखिन्छ।

सोही रणनीति अनुसार सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार आफ्नै दल र आफ्नै छोरीलाई दिलाउन सफल भए। तर असाध्यै पुत्रीमोह देखाउन थालेपछि उनले आलोचना खेपिरहेका छन्। अर्कोतिर, कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलका कारण पनि उनले तनाव बेहोरिरहेका छन्। परिणामत: उनको उम्मेदवारी पहिले फिर्ता गराउन र अहिले निष्क्रिय गराउन पनि प्रचण्डले देउवामार्फत निकै प्रयत्न गरेका छन्। यी घटनाहरुले प्रचण्डमा बढेको चिडचिडाहटलाई अनुभूत गर्न सकिन्छ। बिहीबारकै सभामा पनि उनको अभिव्यक्ति थियो, 'तपाईंहरुले दिगो रुपमा यो गठबन्धनलाई सुदृढ गर्न मलाई ऊर्जा दिनुहुन्छ कि प्रचण्डलाई अझ टेन्सन दिएर हेरौँ न त भनेर टेन्सन दिन चाहनुहुन्छ?'

प्रचण्डको पछिल्ला प्रयत्न र बिहीबारको अभिव्यक्तिलाई एक ठाउँ राखेर हेर्दा भरतपुरमा स्वच्छ र मर्यादित निर्वाचन हुन्छ भन्नेमा आशंका उत्पन्न गराएको छ।

तर, लोकतन्त्रको वकालत गर्ने दल नेपाली कांग्रेसको नेतृत्व रहेको सत्ता र भरतपुरको सभामै कांग्रेसका नेता तथा कार्यकर्तालाई लक्षित गर्दै दिएको अभिव्यक्तिलाई कांग्रेसले प्रतिवाद गरेको छैन। त्यस्तो अभिव्यक्तिले आफ्नो छविमा कस्तो असर पर्ला भन्नेमा पनि कांग्रेस चिन्तित नभएको देखिन्छ। प्रचण्डपछि बोलेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रचण्डको अभिव्यक्तिको खण्डन गरेनन्।

Ncell 2
Ncell 2

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रचण्डको बचाउ गर्दै उनको अभिव्यक्तिको आशय बुझ्नुपर्ने बताए। उनले माओवादी, एकीकृत समाजवादी र जसपाले रुखमा पनि भोट हाल्ने हो र आफूहरुले पनि हँसिया हथौडामा हाल्ने भन्ने आशयमा बुझ्नुपर्ने बताए।

'मूल कुरा के हो भने जुन सहकार्य भएको छ। त्यो सहकार्य र गठबन्धन भत्कियो भने समस्या आउन सक्छ। हिजो ओलीले शासनसत्ता चलाउनुभयो। संविधानलाई नै आफूखुसी मनपरी ढंगले चलाउनुभयो। त्यसको विरुद्ध यो गठबन्धन बनेको हो,' उनले थपे, 'गठबन्धनलाई जोगाउन सकिएन भने समस्या आउँछ भन्ने आशयमा उहाँले भन्नुभएको होला।'

रेनुले जिते मात्रै गठबन्धन निरन्तर?
अहिलेको सत्ता गठबन्धन गठन गर्नुको उद्देश्यलाई बृहत् रुपमा अर्थ्याउने कोसिस दलहरुले गर्ने गरेका थिए। त्यसप्रति प्रचण्डले संशय सिर्जना गरेका छन्। अर्कोतिर, सोही मञ्चबाट गठबन्धनको निरन्तरताप्रति प्रचण्डको प्रतिबद्धता खोजेका कांग्रेस नेताहरुसंग उनले बार्गेनिङ पनि गरेका छन्।

प्रचण्डको भनाइ छ, 'गठबन्धन राष्ट्रको आवश्यकता हो, जनताको आवश्यकता हो, विकास र समृद्धिको आवश्यकता हो, लोकतन्त्रको आवश्यकता हो भनेर तपाईं चितवनवासी जनताले उत्साहपूर्ण ढंगले भोट हालेर यो रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई विजयी गराउनु भयो भने म निकै उत्साहित हुनेछु। र यो गठबन्धनलाई १०,१५,२० वर्ष लाने मेरो प्रतिबद्धता हुनेछ।'

अनि, चितवनवासीले रेनु र चित्रसेन अधिकारीको टिमलाई विजयी गराएनन् भने के हुन्छ? प्रचण्डले सम्झना गरेको २०७४ सालको निर्वाचनको सन्दर्भले प्रष्ट पार्छ। '२०७४ सालमा रुखवालाले हँसिया हथौडामा भोट हाल्न धेरै न गाह्रो मानेको देखेँ,' उनले भनेका छन्, 'सपना त ठूलै देखिएको थियो। यो गठबन्धनलाई १० र १५ वर्ष लैजाने भनेर नै शेरबहादुर देउवाजी र मेरो बीचमा छलफल पनि भएको थियो। तर व्यवहारमा आउँदा मैले सहज देखिनँ। त्यतिबेला सहज नदेखिएको एउटा जिल्ला चितवन पनि हो। मेयरकै चुनाव पनि हो।'

प्रचण्डको भनाइको सार हो,  'रेनुलाई जिताइदिनुभयो भने गठबन्धनलाई लामो समयसम्म लैजाने प्रतिबद्धता व्यक्त गर्छु, हराइदिनुभयो भने २०७४ सालमा जस्तै गरी नयाँ गठबन्धनका लागि वाध्य हुनेछु।' त्यसको सम्भावनालाई उनकै अभिव्यक्तिले पनि पुष्टि गर्छ। सोही सभामा उनले एमालेका कतिपय साथीहरुले 'हामी नै मिलौँ' भन्न आउने गरेको पनि सुनाए।

'भरतपुर महानगरपालिकामा उनको छोरीले नजिते गठबन्धन नै भत्किनेसम्मको बार्गेनिङ लोकतान्त्रिक मूल्य मान्यताको बर्खिलाप छ,' विश्लेषक खनाल भन्छन्, 'प्रचण्डको निजी राजनीतिक सुरक्षाका लागि यो सबै आलोचना, गठबन्धनप्रतिको आक्रोश, गठबन्धनको विपक्षमा मिडियामा जनमत सिर्जना भएका कुराको रिस्कु कांग्रेसले पनि लिइरहेको छ।'

प्रचण्डको अभिव्यक्ति हताश मनोवृत्तिको अभिव्यक्ति मात्रै भएको बताउँछन् खनाल। '२०६२ र ६३ पछि सबैभन्दा ठूलो पार्टी भएका बेला माओवादीले ४० वर्ष शासन गर्छ भन्थे। नेकपा बनाएपछि ३० वर्षसम्म शासन गर्छ भन्थे। त्यतिबेला त एउटा खालका आधार पनि थियो। अहिले त आधारहीन तरिकाले कुरा गरेका छन्। यो उनको हताश मनोवृत्तिको अभिव्यक्ति मात्रै हो,' उनको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्