काठमाडौं– महालेखापरीक्षक टंकमणि शर्माले पछिल्लो समय मुलुकमा आर्थिक सुशासन कायम हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। मंगलबारदेखि काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै महालेखापरीक्षक शर्माले मुलुकमा पछिल्लो समय आर्थिक सुशासन हुन नसक्नुमा राष्ट्र सेवकदेखि राजनीतिक व्यक्तित्व र व्यवसायीहरु समेत दोषी रहेको बताए।
आफूहरुले सरकारले गरेका कामको विषय वा गल्ती कमजोरी थाहा पाए पनि कार्यान्वय गर्न नसकिएको शर्माको भनाइ छ। महालेखापरीक्षक शर्माले मुलुकमा आर्थिक अनुशासन नहुनु, जनताले सुशासनको प्रत्याभूति हुन नसक्नु, भष्ट्रचार बढ्नु, अनियमिता हुनु कुनै एक क्षेत्र मात्रै दोषी नभए समग्र क्षेत्र दोषी रहेको टिप्पणी गरे। नेपाली समाजले अहिले विकास निर्माण, शिक्षा, स्वाथ्य , रोजगारी, राज्य वा सरकारले आफ्नो शासकीय भूमिका पूर्ण रुपमा निवार्ह गरी पारदर्शीता, जवाफदेहिता, भष्ट्रचारमुक्त र मुद्राको सार्थकता खोजेको महालेखापरीक्षक शर्माको भनाइ छ। अन्तर्राष्ट्रिय लेखा व्यवसायीहरुले पत्याउनका लागि नेपाली लेखा परीक्षकहरु योग्य बन्नुपर्ने आवश्यकता रहेको पनि महालेखापरीक्षक शर्माको भनाइ छ।
सुधारको काम गर्न चाहे हुने भन्दै यो वर्षको स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगसँग समन्वय गरेर स्थानीय तहका कुनै पनि व्यक्तिले उम्मेदवार हुँदा सरकारी राजस्व बाँकी, बेरुजु भए तिर्नूपर्ने आचारसंहिता बनाइएको बताए। आचारसंहिताको उक्त व्यवस्थाले देशैभरबाट धेरै पैसा उठेको उनको भनाइ छ।
‘सरकारको कामकारबाही र विश्लेषण गर्ने सबैको पनि हेरौं हामीले, सबैले स्वीकार गर्ने विषय छ। समस्यामा हामी सहमत भएका छौं, समाधान पनि हामीसँग छ। तर, हामीले कार्यन्वय गरिरहेका छैनौं। आमी आफै भनिरहेका छौं मुलुकमा आर्थिक अनुशासन भएन। शुसाशनको प्रत्याभूति हुन सकेन। भष्ट्रचार बढ्यो, अनियमिता बढ्यो। सबैतिर विकृति र विसंगति झाँगियो। दोष कुनै एक क्षेत्रको मात्रै छैन। यसमा राजनीतिज्ञ, प्रशासक, राष्ट्रसेवक, व्यापारी, व्यवसायी वा पेसाकर्मी सबै कोही न कोही कुनै न कुनै कार्यका संग्लन भएको छ भन्ने कुराको निचोड निस्कन्छ,’ शर्माले भने।
नेपाली समाजले अहिले पारदर्शीता,जवाफदेहिता, भष्ट्रचारमुक्त र मुद्राको सार्थकता खोजेको शर्माले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।