काठमाडौं– स्थानीय तह निर्वाचन २०७९ का लागि जिल्लामा मतपत्र ढुवानीको काम धमाधम भइरहेको निर्वाचन आयोगले जनाएको छ। आइतबारसम्म ६० जिल्लामा मतपत्र ढुवानी भएको आयोगले जनाएको छ। अब १७ जिल्लामा मतपत्र पठाउन बाँकी रहेकोमा केही जिल्लामा सोमबार बिहानै पठाइने आयोगको भनाइ छ।
वैशाख १७ गतेसम्ममा ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामा १८ गते लुम्बिनी प्रदेशका सबै जिल्लाका लागि मतपत्र पठाइएको हो। अब मधेस प्रदेशका आठ जिल्ला, प्रदेश १ को मोरङ, बागमती प्रदेशको रसुवा, चितवन, ललितपुर, काठमाडौं, भक्तपुर, रामेछाप, सिन्धुली र जनकपुरमा मतपत्र पठाउन बाँकी रहेको आयोगले जनाएको छ। रामेछाप, सिन्धुली र दोलखामा आज बिहान पठाइने आयोगको भनाइ छ।
कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बाग्मती प्रदेशका ५ जिल्लामा मतपत्र पुगिसकेको छ । वैशाख २३ गतेसम्म सबै ठाउँमा मतपत्र ढुवानी छ।
निर्वाचन आयोगले वैशाख १३ गतेबाट मतपत्र ढुवानी सुरु गरेको थियो। यसअघि छ वटा महानगर र भक्तपुर जिल्लाबाहेक ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ भइसकेको आयोगको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।