काठमाडौं- एपीएफका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले वीर गणेशमानसिंह १० किलोमिटर रोडरेस प्रतियोगिताको उपाधि जितेका छन्।
वीर गणेशमानसिंह फाउन्डेसनको स्पोर्ट्स कमिटिले शनिबार आयोजना गरेको प्रतियोगिताको पुरुषतर्फ ३१ मिनेट ११.४ सकेन्डमा निर्धारित दूरी पार गर्दै पार्कीले नयाँ कीर्तिमानसहित उपाधि जिते। गोपीले यसअघि ३१ मिनेट ४४.४९ सेकेन्डमा रहेको आफ्नै कीर्तिमान सुधार गरेका हुन्।
यता, त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी दोस्रो भए। उनले निर्धारित दूरी ३१ मिनेट १५.२ सेकेन्डमा पार गरे। आर्मीकै राजन रोकाया ३१ मिनेट २०.४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो भए।
महिलतर्फ राजपुराले निर्धारित दूरी ३७ मिनेट १०.५ सेकेन्डमा पूरा गरिन्। उनले सन्तोषी श्रेष्ठको नाममा रहेको ३७ मिनेट ५३.४५ सेकन्डको कीर्तमान तोडेकी छन्।

यता, एपीएफकी पुष्पा भण्डारी३८ मिनेट ०४.३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भइन्। एपीएफकै विन्द्रा श्रेष्ठले ४० मिनेट २८.९५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तेस्रो स्थान हासिल गरिन्।
१० किलोमिटरतर्फका विजेताले नगद ६० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गरे । नयाँ कीर्तिमान बनाएका गोपी र राजपुरालाई थप १०–१० हजार रुपैयाँ प्रदान गरिएको थियो।
यस्तै, पाँच किलोमिटरतर्फ आर्मीका मुकेश पाल र एपीएफकी फुलमती रानाले पहिलो स्थान हासिल गरे। मुकेशले निर्धारित दूरी १४ मिनेट ३३.८८ सेकेन्डमा पार गरे। यता, एपीएफका सन्तोष विक्रम विष्टले १४ मिनेट ५९.८६ सेकेन्ड र आर्मीका सुवाष कार्की १५ मिनेट १४.०२ सेकेन्डमा पूरा गरेर क्रमश: दोस्रो र तेस्रो भए।
महिलातर्फकी विजेता फुलमतीले १७ मिनेट ४२.३१ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी थिइन्। यस्तै, आर्मीकी निर्मला केसी १८ मिनेट १५.३४ सेकेन्ड र आमीकै पूर्णलक्ष्मी न्यौपाने १८ मिनेट २३.९४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै क्रमशः दोस्रो र तेस्रो भए।
पाँच किलोमिटरतर्फ विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ७ सात हजार रुपैयाँ प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।