काठमाडौं–निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा उम्मेदवारी मनोनयन गर्नेहरुको दलगत विवरण सार्वजनिक गरेको छ। सूचीमा कुन दलले कुन पदमा कति उम्मेदवारी दिएको भनेर उल्लेख गरिएको छ।
सूचीअनुसार एमालेले प्रमुखमा २७ महिला र २६३ पुरुष गरी २९० उम्मेदवार उठाएको छ भने अध्यक्षमा २८ महिला र ४४६ पुरुषगरी ४४६ उम्मेदवार उठाएको छ।
यस्तै, एमालेले उपप्रमुखमा २८५, उपाध्यक्षमा ४४५, वडाध्यक्षमा ६५०६, महिला सदस्यमा ६३८४, दलित महिला सदस्यमा ६१८५ गरी जम्मा ३३ हजार ३ सय ६८ उम्मेदवार उठाएको छ।
नेपाली कांग्रेसले प्रमुखमा २६५, अध्यक्षमा ३८२, उपप्रमुखमा २११, उपाध्यक्षमा ३५९ र वडाध्यक्षमा ६१३२ उम्मेदवार उठाएको छ। कांग्रेसले कूल सबै पदमा गरी ३१ हजार ३ सय २३ उम्मेदवार उठाएको छ।
माओवादी केन्द्रले प्रमुखमा १७४, अध्यक्षमा २९०, उपप्रमुखमा २१४, उपाध्यक्षमा ३१५, वडाध्यक्षमा ४४२८ गरी कूल २२ हजार १ सय ७३ उम्मेदवार मैदानमा उतारेको छ।
जनता समाजवादी पार्टीले प्रमुखमा १५९, अध्यक्षमा १८९, उपप्रमुखमा १३८, उपाध्यक्षमा १५६, वडाध्यक्षमा २०६९ गरी कूल ९४०२ उम्मेदवार उठाएको छ भने एकीकृत समाजवादीले प्रमुखमा १५०, अध्यक्षमा १८७, उपप्रमुखमा १७७, उपाध्यक्षमा १८०, वडाध्यक्षमा २४२८ गरी कूल ११२७४ उम्मेदवार उठाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।