काठमाडौं–सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा नेपाली कांग्रेस र राप्रपाका बीच तालमेलको सहमति भएको छ।
मेयरमा कांग्रेसबाट आइतमान तमाङ र उपमेयरमा राप्रपाकी कुमारी मोक्तानको उम्मेदवारी कायम भएको छ। शुक्रबार राप्रपाका मेयर शेषबहादुर गुरुङ र कांग्रेसकी उपमेयर सविता गुरुङले उम्मेदवारी फिर्ता लिएका हुन्।
दलित महिला सदस्य निर्विरोध
यसैबीच, मेलम्ची नगरपालिका ४ मा एमालेबाट दलित महिला सदस्यमा उम्मेदवारी दिएकी बेली दमाइ निर्विरोध निर्वाचित भएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।