काठमाडौं– चितवनको भरतपुर महानगरपालिकाको प्रमुखका लागि ‘बागी’ उम्मेदवारी दिएका जगन्नाथ पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिएनन्।
निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको थियो। तर, कांग्रेस नेता पौडेलले उक्त समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएनन्। उनले आफू चुनावमा जाने घोषणा गरिसकेका छन्।
उनको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेशलाल श्रेष्ठ चितवन पुगेका थिए। तर, उनीहरूको प्रयास सफल हुन सकेन।
सत्ता गठबन्धनको भागबन्डामा भरतपुर माओवादीको भागमा परेको छ। त्यहाँ माओवादीकी रेणु दाहालले उम्मेदवारी दर्ता गराएकी छन्।
भरतपुर माओवादीलाई दिने गठबन्धनमा सहमति भएपछि कांग्रेस नेता पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।