पोखरा– पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका कांग्रेसका २ जनाले उम्मेदवारी फिर्ता गरेका छन्।
गठबन्धनको शीर्ष तहमा भएको सहमतिअनुसार पोखराको मेयर एकीकृत समाजवादीको भागमा पारेपछि कांग्रेसका ३ जनाले स्वतन्त्र (बागी) उम्मेदवारी दिएका थिए। बागी उम्मेदवारी दिनेमध्ये ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन्।
पोखरा महानगरपालिकाको नेतृत्वमा कांग्रेस नै आउनुपर्ने मागसहित तीनजना उम्मेदवारले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन गरेका थिए।
कांग्रेसबाटै बागी उम्मेदवारी दिएका विमल कार्कीले भने उम्मेदवारी फिर्ता लिएका छैनन्। सत्ता गठबन्धनले एकीकृत समाजवादीका धनराज आचार्यलाई उम्मेदवार बनाएको छ भने एमालेले कृष्ण थापालाई उम्मेदवार बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।