• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

निर्धारित समयमै जहाज उडाउन पर्यटनमन्त्री आलेको निर्देशन 

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १६, २०७९  १७:०७
1140x725

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाली वायु सेवा कम्पनीहरुले यात्रुलाई घण्टौं विमानस्थलमा कुराउने गरेको भन्दै चर्को आलोचना गरेका छन्।

शुक्रबार  पर्यटन मन्त्रालयद्वारा गठित  पर्यटन पुनरुत्थान प्राविधिक समितिले तयार पारेको  प्रतिवेदन बुझ्ने क्रममा मन्त्री आलेले ८ बजे यात्रुहरुलाई बोलाएर ११/१२ बजे जहाज उडाउने काम ठीक नभएको बताए।

'जति बजे जहाज उडाउने हो यात्रुहरुलाई त्यही अुनसार बोलाउनोस्' उनले भने, 'अहिले समयमै घरेलु उडान नहुने समस्या देखिएको छ। त्यसैले हामीले राति १२ बजेसम्म पनि विमानस्थल खुला राख्ने व्यवस्था मिलाएका छौं।'

मन्त्री आलेले वायु सेवा कम्पनीहरुलाई नेपालभित्र उडान गर्ने पर्यटकहरुलाई नेपाली सरह शुल्क लिन पनि सुझाव दिए।  

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकहरुलाई सुविधा दिलाउने बारेमा आफूले प्रधानमन्त्री, गृहमन्त्री र अर्थ मन्त्रीसँग पनि कुरा गरेको तर अझै समन्वय हुन नसकेको बताए। 

नेपाली कम्पनीले अन्तर्राष्ट्रिय विमानस्थलस्थित विमानस्थलको  शौचालय सफा राख्न नसके विदेशी कम्पनीलाई जिम्मा दिनेबारे पनि सरकारले सोचिरहेको उनले बताए।   

प्राविधिक समितिले बुझायो प्रतिवेदन 
पर्यटन मन्त्रालयमा आयोजित समारोहमा प्रतिवेदन बुझाउँदै पर्यटन पुनरुत्थान प्राविधिक समितिका संयोजक राजा राम गिरीले कोभिड–१९ का कारण समग्र पर्यटन क्षेत्र एकदमै अप्ठ्यारो अवस्थामा पुगेको बेला उक्त समिति गठन गरिएको बताए।  उनले झन्डै अढाइ महिना लगाएर पर्यटन व्यवसायी तथा विज्ञहरुसँग छलफल गरी प्रतिवेदन तयार गरिएको बताए।  

उक्त अवसरमा व्यवासयी भास्करराज राजकर्णिकारले नीतिगत सुधारका बारेमा, क्याप्टेन सुरज भण्डारीले यातायात तथा नागरिक उड्डयनको बारेमा, यांकिला शेर्पाले नयाँ पर्यटन गन्तव्य प्रवर्द्धनका बारेमा, सुम्निमा उदासले अन्तर्राष्ट्रिय पर्यटन तथा ब्रान्डिङका बारेमा र सुरेश सिंह बुडालले पर्यटन प्रवर्द्धन सम्बन्धी प्रस्तावित कार्यक्रमबारे बताएका थिए।

Ncell 2
Ncell 2

पर्यटन सचिव  महेश्वर न्यौपानेले कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा परेको असरलाई न्यूनीकरण गर्न विशेष प्याकेज ल्याउने उद्देश्यले पर्यटन पुनरुत्थान निर्देशक समिति तथा पर्यटन पुनरुत्थान प्राविधिक समिति गठन गरिएको बताए।

उनले  आउँदो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिमा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको बताउँदै पर्यटन क्षेत्रको पनि सँगसँगै वृद्धि होस् भनेर नेपाल सरकारले काम गरि रहेको बताए।

पर्यटन पुनरुत्थान प्राविधिक समितिले तयार पारेको प्रतिवेदनमा नेपालमा सबैभन्दा बढी पर्यटक पठाउने शीर्ष  १० मुलुकहरुस्थित नेपाली दूतावासहरुमा पर्यटन अधिकारीहरु नियुक्त गर्ने, पर्यटन सेवा प्रदायकहरु र पर्यटनसँग सम्बन्धित सबैबाट कुनै पनि आपत्कालीन मामिलाहरुको जवाफ दिन हप्ताको सातैदिन र २४ सै घण्टा उपलब्ध एक प्रशिक्षित, द्रुत  र समर्पित (क्विक  रेस्पन्स टिम) को अवधारणामा एउटा पर्यटन टोली मन्त्रलयमै व्यवस्था गर्ने,  बढ्दो पर्यटन बजारभित्र आतिथ्य र सेवा क्षेत्रमा आवश्यक पर्ने प्रशिक्षित जनशक्ति तयार गर्न नेपाल पर्यटन तथा होटेल व्यस्थापन एकेडेमी (एनएटीएचएम) को सहकार्यमा सातवटै प्रदेशमा पर्यटन तालिम केन्द्रहरुको स्थापना  गर्ने लगायतका सुझावहरु दिइएका  छन्।

त्यसैगरी, प्रतिवेदनले  नेपालका धेरै दर्शक र अनुयायी भएका व्यक्तित्वहरुलाई विभिन्न देशहरुमा पर्यटन सद्‌भावना दूत नियुक्त गर्ने, नेपाललाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न विगतमा योगदान पुर्‍याएका शीर्ष सेलिब्रेटीहरु, पर्वतारोहीहरु, खेलाडीहरुलाई नेपाल आमन्त्रण गर्ने, अन्तरक्रियात्मक वेबसाइट र एप डिजाइन गर्ने,  अन्तर्राष्ट्रिय र घरेलु विमानस्थलहरुका सबै आगमन विन्दुहरुमा प्रशिक्षित र मैत्रीपूर्ण स्वयंसेवकहरु नियुक्त गर्ने सुझाव दिएको छ।

यस्तै, स्वच्छ, सफा हरियाली नेपालको अवधारणामा स्थानीय निकायहरुसँग सहकार्य गरी देशभरिका पर्यटकीय स्थलहरुमा सरसफाइमा ध्यान दिनका लागि राष्ट्रिय सरसफाइ अभियान सञ्चालन गर्ने जस्ता सुझावहरु दिएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १७:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण
सम्बन्धित सामग्री
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनम... शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण बिहीबार, माघ १, २०८२
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्