काठमाडौं– सर्वोच्च अदालतले सप्तरीको राजविराज गरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएकी ममता कुमारी चौधरीको उम्मेदवारी रद्द गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले यस्तो आदेश गरेको हो। चौधरीले आफूले उपमेयर पदमा उम्मेदवारी दर्ता गरेको तर, निर्वाचन आयोगले कम्युटरमा प्रविष्ट नभएको भनी खारेज गर्न लागेको भन्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
सर्वोच्चले उपमेयर पदमा चौधरीले रितपूर्वक ३९३ नम्बरमा दर्ता गरेको देखिएको भन्दै मनोनय दर्ता बदर नगर्न आदेश गरेको हो।
निर्वाचन आयोगले उम्मेदवारको अन्तिम सूची भोलि प्रकाशन गर्दैछ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।