काठमाडौं- सरकारले बीबीसी मास्टर सेफ फाइनालिस्ट सन्तोष साहलाई 'नेपाल पर्यटन विश्व सद्भावना दूत' मा मनोनयन गरेको छ।
शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित एक समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सेफ साहलाई खादा लगाइदिनुका साथै प्रमाणपत्र पनि दिएका थिए।
उक्त अवसरमा बोल्दै सेफ साहले आफूलाई सम्मान गरेकोमा सरकारलाई धन्यवाद दिए। 'नेपाललाई मेरो क्षेत्रबाट सेवा गर्ने मौका दिइराख्नोस', उनले भने।
उनले छिट्टै नेपाली खाने कुरालाई संसारभरि चिनाउन आफू 'वर्ल्ड फुड टुर' मा जान लागेको बताए। यसबाट नेपाली खानाको साथै नेपाली संस्कृतिको प्रचार प्रसार हुने उनले जनाए।
डिसेम्बर २०२० मा आयोजित 'बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ फाइनलमा पुगेका सेफ साहले हालै 'ऐला' नामक पुस्तक पनि प्रकाशित गरेका छन्। पुस्तकको बिक्री निकै राम्रो भइरहेको उनले बताए।
गत वर्ष आयोजित आयोजित 'बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० रि-म्याच' मा भने उनी विजेता भएका थिए।
सिराहको कर्जन्हामा जन्मिएका सेफ सन्तोष साह हाल बेलायतमा बसोबास गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।