रुकुम (पूर्व)- नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको अध्यक्षमा उम्मेदवारी दिएका भीमबहादुर ओलीले उम्मेदवारी फिर्ता लिएका छन्।
सत्ता गठबन्धनका तर्फबाट तालमेल खारेज गर्ने निर्णय भएसँगै भूमे गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका ओलीले उम्मेदवारी फिर्ता लिएका हुन्।
माओवादी केन्द्रका होमप्रकाश श्रेष्ठलाई अध्यक्षमा छाड्नुपर्ने कांग्रेस केन्द्रको निर्देशनअनुसार उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।
उक्त गाउँपालिकामा माओवादी केन्द्रेले कांग्रेसलाई भागबन्डा गर्न अस्वीकार गरेपछि कांग्रेस अध्यक्ष र एमालेको तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिइएको थियो।
उपाध्यक्षमा एमालेका कमानसिङ डाँगीले उम्मेदवारी दिएका छन्। अध्यक्षमा माओवादीका श्रेष्ठका साथै राष्ट्रिय जनमोर्चाका कमान पुन र मंगल नेश्नल अर्गनाइजेसनका रतन पुनको प्रतिष्पर्धा हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।