काठमाडौं– राप्रपाले काठमाडौं महानगरमा एमालेलाई सहयोग गर्ने वा तालमेल गर्ने बारेमा कुनै पनि निर्णय नभएको बताएको छ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले यो कपोलकल्पित र भ्रामक विषय भएको भन्दै राप्रपा आफ्नो उम्मेदवारसहित प्रचारमा रहेको र मैदानबाट पछि नहट्ने बताए।
‘राप्रपा दृढताकासाथ अघि बढिरहेको छ, काठमाडौं महानगरमा राप्रपाको तर्फबाट मेयर पदका उमेदवार मदनदास श्रेष्ठ मतदाताको घरदैलोमा पुगिरहनु भएको छ’, उनले भने ‘आजै मात्र उहाँले आफ्नो व्यक्तिगत प्रतिबद्धतापत्र जारी गर्नु भएको छ। कसैसँग तालमेल हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।