तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका धर्मराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन्।
कांग्रेसबाट भएको उम्मेदवार चयनमा असन्तुष्टि जनाउँदै उनले स्वतन्त्र उम्मेदवारी दिएक थिए।
शुक्रबार उम्मेदवारी फिर्ता लिँदै सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार गेहेन्द्र गिरिलाई समर्थन गरेका हुन्। गठबन्धन दलका नेताहरुबीच भएको सहमतिअनुसार तुलसीपुरको मेयर कांग्रेसले पाएको थियो।
कांग्रेसले गेहेन्द्र गिरिलाई तुलसीपुरको उम्मेदवार उठाएको हो। गिरिलाई मेयरको उम्मेदवार बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै आएका पाण्डेले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
उम्मेदवारी फिर्ता लिँदै उनले सत्ता गठबन्धनका साझा उम्मेदवार गिरिलाई विजयी गराउन अपिल गरेका छन्। पाण्डेले गिरि संघर्षशील र इमान्दार नेता भएको समेत बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।