फाइल तस्बिर
चितवन- भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता गराउन चितवन आएका गृहमन्त्री बालकृष्ण खाण काठमाडौं फर्किएका छन्।
राज्यमन्त्री उमेश श्रेष्ठसहित काठमाडौं फर्किने क्रममा खाणले बागी उम्मेदवारी दिएका पौडेलले विवेकसम्मत निर्णय लिने अपेक्षा रहेको बताएका छन्।
भरतपुर विमानस्थलमा खाणले भने, 'उहाँले विवेकसम्मत निर्णय लिनुहुन्छ।'
सत्ता गठबन्धनले भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई दिने निर्णय गरेको छ। सोहीअनुसार रेणु दाहालले दोहोर्याएर उम्मेदवारी दिएकी छिन्।
कांग्रेसले पाउनुपर्ने माग राखिरहेका भरतपुरका नेता-कार्यकर्ताको तर्फबाट पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। शुक्रबार ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी कांग्रेसले दिएको छ। गृहमन्त्री खाण १४ गते पौडेललाई फकाउन चितवन पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।