• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

लोसपा घोषणापत्र: कांग्रेस विसंगतिहरुको पहिलो अभ्यासकर्ता, कम्युनिस्टहरु दुई जिब्रे संगठन, जसपा माओवादी केन्द्रको भाइ

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १६, २०७९  १४:०७
1140x725

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा लोसपाले प्रमुख पार्टीहरुको चरित्र चित्रण गरेको छ। उसले कांग्रेस, कम्युनिस्ट पार्टीहरु र आफू विभाजित भएर आएको जनता समाजवादी पार्टीको आलोचना गरेको छ।

'नेपाली कांग्रेसः नाम ठुलो, काम सानो' शीर्षकमा लोसपाले कांग्रेसको आलोचना गरेको छ। 'जबजब मधेसी, शिल्पी/दलित, थारु, मुस्लिम, आदिवासी, जनजाति, पिछडावर्ग, अल्पसंख्यक समुदाय, विपन्न वर्ग लगायत बहिष्करण तथा वन्चितीकरणमा परेका र पारिएकाहरुको पहिचान, अधिकार र अवसरको कुरा गरिन्छ, नेपाली कांग्रेस एक जिम्मेवार राष्ट्रिय दलको भूमिकालाई बिर्सँदै अत्यन्तै संकीर्ण, अनुदारवादी र जातीय दलको रुपमा आफूलाई संकुचित गर्छ', लोसपाको घोषणापत्रमा भनिएको छ।

अनेकौं पटक जनताले बहुमत दिए पनि राष्ट्रिय र दूरगामी सोचमा कमी, असक्षम र अदुरदर्शी नेतृत्व र दलभित्र रहेका अनेकौं विवाद एवम् अन्य आन्तरिक द्वन्द्वका कारणले जनताले आफूलाई दिएको भूमिका र अवसरलाई नेपाली कांग्रेसले सदुपयोग गर्न नसकेको लोसपाको भनाइ छ। नेपाली कांग्रेस सजग, सचेत र समझदार भइदिएको भए अनेकौं पटकको मधेस/थरुहट आन्दोलन र ती आन्दोलनहरुमा दर्जनौं निर्दोष नेपालीहरुले ज्यान गुमाउनु नपर्ने उसको ठहर छ।

'नेपालको दलीय र संसदीय अभ्यासको क्रममा देखिएका परिवारवाद, नातावाद, सांसद खरिद–बिक्री, चुनावमा पैसा र बलको अत्यधिक पय्रोग, जनप्रतिनिधिहरुको असंस्कारी र अलोकतान्त्रिक आचरण, दलीय फाइदाको लागि सरकारी ढुकुटीको दोहन र राजनीतिक र कर्मचारीवृत्तमा देखिएको व्यापक भ्रष्टाचार जस्ता विसंगतिहरुको पहिलो अभ्यासकर्ता पनि नेपाली कांग्रेस नै हो', लोसपाले भनेको छ।

कम्युनिस्ट पार्टीहरुको आलोचना गर्न लोसपाले 'नेपालका कम्युनिस्ट पार्टीहरुः विचार शून्य  सत्तालोलुप राजनीतिक उद्यमी' शीर्षक दिएको छ।

'नेपालका कम्युनिस्ट पार्टीहरु स्वरुपमा राजनीतिक दल देखिए तापनि यी विचार, आचरण र व्यवहारले आफूलाई सिद्धान्तहीन, असंवेदनशील, चरम अवसरवादी, विकास विरोधी, संस्थागत रुपमै भ्रष्टाचारमा लिप्त, सत्तालोलुप र सरकार र सत्तामा जान जे पनि गर्न सक्ने र जोसँग पनि मिल्न सक्ने तथाकथित उपल्लो जातिहरुको राजनीतिक उद्यम गर्ने संगठनहरु हुन्', घोषणापत्रमा भनिएको छ, 'लगभग सबै कम्युनिस्ट पार्टीहरुको माथिल्लो नेतृत्व तहमा रहेका २० जना नेताहरुको अनुहार हेर्ने हो भने पनि छर्लङ्ग हुन्छ कि ती केही जाति विशेषका पुरुषहरुको बाहुल्यता र वर्चस्व भएको पार्टीहरू हुन्। त्यहाँ मधेसी, दलित, मुस्लिम, महिला आदिको शून्यप्रायः उपस्थितिले यी संगठनहरुका जातीय र नश्लीय सोंच आफैँमा पुष्टि हुन्छ।'

लोसपाले कम्युनिस्ट पार्टीहरु राष्ट्रिय विकासमा तगारो हाल्ने सबैभन्दा अग्रणी संगठनहरु भएको आरोप लगाएको छ। 'अरुण–तेस्रो जलविद्युत आयोजना बन्ने क्रममा विश्व बैंकलाई पत्र नै लेखेर रोकेको वास्तविकता होस्, काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको सबै तयारी पूर्ण हुन लागेको अवस्थामा विभिन्न बखेडा झिकेर अवरुद्ध गरेको अवस्था होस् अथवा पछिल्लो कालखण्डमा नेपालको लागि अहिलेसम्मकै सबैभन्दा ठूलो अनुदानअन्तर्गत विद्युत प्रशारणको दृष्टिले नेपालको मेरुदण्ड मानिएको आयोजना निर्माण गर्न नेपाल आएको एमसीसीलाई बिथोल्न गरेको अचम्मको प्रयास होस्, नेपालका कम्युनिस्ट पार्टीहरु मुखले विकास भने पनि विकासलाई सधैँ अलपत्र पर्दै आएका दुई–जिब्रे संगठनहरु हुन्', घोषणापत्रमा भनिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

जसपाप्रति पनि लोसपा आक्रामक छ। 'जनता समाजवादी पार्टी, नेपालः मुद्दाविहीन र संकीर्ण जातीयता केन्द्रित सत्तामुखी पार्टी' शीर्षक दिएर उसले सो पार्टीको आलोचना गरेको छ। तर, मुख्य रुपमा अध्यक्ष उपेन्द्र यादवको आलोचना गरिएको छ।

'समय सँगसँगै जनता समाजवादी पार्टी, नेपाल आफ्नो सोच, व्यवहार र प्रस्तुतिको कारणले वैचारिक रुपमा असान्दर्भिक हुँदै गएको आभास हुन्छ। संविधान सभालाई निर्णायक मोडमा पुर्‍याउन भूमिका खेलेको र मधेस आन्दोलनको दौरान अग्र मोर्चामा रहेको माउ पार्टी मधेसी जनाधिकार फोरम, नेपालको साखलाई धुलिसात गर्दै अहिले मधेसको मुद्दालाई नै बिर्सिएर जसपा, नेकपा (माओवादी केन्द्र) को भाइ पार्टीको रुपमा देखिएको छ', घोषणापत्रमा भनिएको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनै समयमा समग्र मधेस र सबै मधेसीको प्रतिनिधित्व गर्ने गरेको भएपनि, अहिले उनको राजनीति केही सीमित जातीय समुहको तुष्टिकरणमा खुम्चिएको लोसपाको आरोप छ। 'मधेसी, थारु, जनजाति र अन्य अल्पसंख्यकको यो पार्टीले मधेसी, थारु, जनजाति र अन्य अल्पसंख्यकको मुद्दा त्याग गरेको मात्र नभएर समग्रमा मधेस–थरुहट आन्दोलनलाई अवमूल्यन गरेको छ । यसको एक मात्र उद्देश्य जसरी पनि, जुनसुकै शर्तमा र जोसँग भए पनि सरकारमा प्रवेश गर्ने बाहेक अरु केही देखिँदैन', घोषणापत्रमा भनिएको छ।

कुनै एक कालखण्डमा परिवर्तनको संवाहक भएको यो पार्टी अहिले जातीय मतको जोड–घटाउ, संसदको अंकगणित र अन्य कम्युनिस्ट पार्टीहरु जस्तै निम्नस्तरीय राजनीतिक उद्यमशीलतामा लिप्त भएर आफूलाई औचित्यहीन, उद्देश्यहीन र सन्दर्भहीन बनाउनमा व्यस्त रहेको लोसपाको आरोप छ। 'जसपा, नेपाल अहिले कुनै विचार, कुनै वर्ग वा कुनै मुद्दाको प्रतिनिधित्व गर्दैन', घोषणापत्रमा भनिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १४:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्