• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

सरकारी अधिकृत छाडेर गाउँपालिका प्रमुखको उम्मेदवार

64x64
रासस शुक्रबार, वैशाख १६, २०७९  १४:०४
1140x725

खोटाङ- 'सातौँ तहको सरकारी जागिरे जीवनबाट बाहिरिएर जनताको मनभित्र पस्ने प्रयास गर्दैछु', दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखका उम्मेदवार गोपालचन्द्र राईले भने 'नौँ वर्ष एक महिना आठ दिन सरकारी जागिरे भएर जनताको सेवा गरेपश्चात जनप्रतिनिधि बनेर पुनः जनताकै सेवा गर्ने प्रण गरेको छु, मलाई पूर्ण विश्वास छ, त्यो अवसर मैले पाउनेछु।'

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका बुवा केशरबहादुर र आमा कृष्णकुमारी राईको कान्छा छोरा गोपालचन्द्रले सातौँ तह (अधिकृत)को सरकारी जागिर छाडेर यही वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिका प्रमुखको उम्मेदवार बनेका छन्। 'गरिबी र अभावले जागिरे भएँ, जागिरबाट व्यक्तिमात्रै धनी, समाज भोकै हुँदा रहेछन्, समाज भोको हुँदा म एकजना व्यक्तिमात्र धनी हुन सक्दिनँ र चाहन्न पनि' उनले भने। समाज परिवर्तन गर्ने मुख्य बाटोनै राजनीति भएकाले सरकारी जागिर छाडेर गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएको उनले बताए।  

जागिरे जीवन सुरु गरेसँगै पेशागत सङ्गठनमा आबद्ध भएका राईले नेपाल आयल निगम राष्ट्रिय कर्मचारी सङ्गठन ट्रेड युनियनको केन्द्रीय अध्यक्षसमेत सम्हालेका थिए। उनी हाल माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशको सदस्य छन्।

'समाजलाई धनी बनाउन स्थानीय स्रोत–साधन काफी छ, प्रसस्त रहेको बजेटलाई समुचित प्रयोग गरी प्रत्येक व्यक्तिलाई रोजगारी दिन सकिन्छ' उनले भने। सीप र ज्ञानलाई विकास र उत्पादनसँग जोड्नुपर्ने उनको तर्क छ। 

विसं २०६९ चैत १ गते सरकारी सेवामा प्रवेश गरेर यही वैशाख ६ गते स्वेच्छिक अवकाश लिएका राईले पछिल्लो समय राजनीतिमा पैसा प्रधान हुँदै गएको बताए। 'युवाको मनोभावना र दिप्रुङ चुइचुम्मा गाउँपालिकावासीको सपना साकार पार्न मैले गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएको हुँ, रोजगारीको वातावरण यही सम्भव छ।' 

Ncell 2
Ncell 2
nimb
nimb

'आर्थिक समृद्धि र न्यायसहितको समानता, प्रत्येक युवालाई रोजगारी हाम्रो प्रतिबद्धता’ राईको चुनावी नारा हो । ‘एक घर, एक रोजगार' भन्ने कार्यक्रम ल्याएर युवालाई रोजगारी दिने आफ्नो लक्ष्य सुनाउँदै राईले भने, 'जसका लागि स्थानीय नीतिगत ऐन–कानुन बनाउनुपर्नेछ ।' शिक्षा नपुगेको ठाउँमा विद्यालय, हिलाम्मे सडक स्तरोन्नति गर्ने र पालिकामा कृषि बैंक स्थापना गर्ने उहाँको लक्ष्य छ ।

देश र समाजका लागि सेवा गर्न राजनीतिमा आएको उनले तर्क गरे। 

'सेवक बन्न राजनीतिमा आएको हुँ' बजेट वितरण विभेदपूर्ण गर्दै आफ्नो क्षेत्रको विकास निर्माणलाई मात्र प्राथमिकतामा राख्ने गलत परम्परा भएको जनाउँदै उनले त्यसविरुद्ध आफ्नो उम्मेदवारी भएको बताए। 'म जाति, वर्ग, क्षेत्र र पार्टीको आधारमा विभेद गर्दिनँ, बजेट विनियोजन विभेदरहित हुनुपर्छ भन्ने मेरो मान्यता हो' उनले भने।  

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

विद्यार्थी राजनीतिसँगै करिब आठ वर्ष जिल्लामा रहेर पत्रकारितासमेत गरेका राई महालेखा परीक्षकको प्रतिवेदन मात्र होइन जनताको लेखा परीक्षणलाई पनि विश्वास गुर्नपर्ने बताउँछन्। 'आर्थिक पारदर्शिताका सवाल जनताको घरका भित्ताभित्तामा टाँस्नेछु' उनले प्रतिबद्धता जनाए। 

सात वडा रहेको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रमुखमा राईसहित सात जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नेकपा (एमाले)बाट लोकेन्द्र राई, नेपाली कांग्रेसबाट नइन्द्र राई, नकेपा (एकीकृत समाजवादी)बाट ओमीराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कल्पना राई, स्वतन्त्रबाट विश्वराज राई र सुरेश राईको उम्मेदवारी दर्ता भएको जनाइएको छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १४:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्