काठमाडौं– नवलपरासी पूर्वका स्थानीय तहमा सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका ३ जना मनोनयन फिर्ता लिएका छन्। बुलिंटार गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले मगरले उम्मेदवारी फिर्ता लिएको हुन्।
त्यस्तै, कावासोतीमा कांग्रेसका २ बागी उम्मेदवारले पनि नाम फिर्ता लिएका छन्। कावासोती नगरपालिका वडानम्बर १२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका त्यहाँका पार्टी सभापति राजकुमार गुरुङ र विष्णुप्रसाद लम्सालले शुक्रबार मनोनयन फिर्ता लिएका हुन्।
उनीहरूले निर्वाचन कार्यालयमा गएर नाम फिर्ता लिएका हुन्। जिल्ला तहका नेताको सक्रियतापछि बागी उम्मेदवारहरु आफ्नो मनोनयन फिर्ता लिन राजी भएका हुन्।
उक्त क्षेत्रमा कांग्रेसले देवीप्रसाद काफ्लेलाई वडाध्यक्षमा उम्मेदवार बनाएपछि उनीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।