काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नासा इन्भेष्टमेन्ट प्रालिलाई कारबाही गर्ने चेतावनी दिएको छ।
कम्पनीले प्रदेश १ को विराटनगर–५ भृकुटी चोकमा बोर्डबाट अनुमति नलिइ डिम्याट खाता, मेरो सेयर, ब्रोकर खाता (टीएमएस)का सहजिकरण गर्ने सेयर बजारको पोर्ट फोलियो म्यानेजमेन्ट गर्ने, दोस्रो बजारमा खरिद बिक्री सम्बन्धी परामर्श दिने गरेको पाइएको छ।
उक्त कार्य तत्काल बन्द गर्न बोर्डले आग्रह गरेको छ। उक्त कार्य तत्काल बन्द नगरे धितोपत्र सम्बन्धी कानून बमोजिम कारबाही गर्ने बोर्डले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।