• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

भरतपुरका बागी फकाउन अन्तिम प्रयास, गृहमन्त्रीलाई 'पत्र काट्ने' तयारीमा निर्वाचन आयोग

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १६, २०७९  १०:५९
1140x725

काठमाडौं– दुई दिनदेखि चितवनमा रहेका गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुर महानगरमा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गरेका नेपाली कांग्रेसका नेतासँग छलफल थालेका छन्। उम्मेदवारी फिर्ता गराउन अन्तिम प्रयास स्वरुप खाण र श्रेष्ठले बेग्लाबेग्लै छलफल थालेका हुन्। 

भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी दिएका जगनाथ पौडेलसहित चितवनका नेताहरुसँग उनीहरुले एक्ला एक्लै र सामूहिक छलफल गरेका छन् । अहिले गृहमन्त्री खाण, राज्यमन्त्री श्रेष्ठ र  चितवनका नेताहरुबीच होटल सेन्ट्रल पाममा छलफल भइरहेको छ। गृहमन्त्री खाण शुक्रबार नै काठमाडौं फर्कनुपर्ने कार्यक्रम रहेकाले उनी अन्तिम कसरतमा लागेका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाको 'दूत' बनेर चितवन पुगेका दुई मन्त्रीहरुले हिजो निवासमै पुगेर नेताहरुलाई भेटेका थिए। एक्ला–एक्लै भेटमा चितवनका नेताहरुले एकल निर्णय गरेर उम्मेदवारी फिर्ता नहुने भनेपछि सामुहिक छलफल  गरिएको हो।  

सेन्ट्रल पाम होटलमा मन्त्रीहरुसँग कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल र पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटा पनि रहेका छन्। उनीहरु दुई जनासँग विहान गृहमन्त्रीले अलग्गै छलफल पनि गरेका थिए।  सापकोटा बागी उम्मेदवार पौडेलका प्रस्ताव भएकाले उनीमार्फत् फकाउने प्रयास बिहीबारदेखि नै भइरहेका थियो। 

बुधबार चितवन पुगेका गृहमन्त्री खाणले सुरुमा सापकोटाको निवासमा पुगेर पौडेलको उम्मेदवारी फिर्ता गराउनुपर्ने कुरा राखेका थिए। तर, सापकोटाले यसको निर्णय आफूले मात्र एकल रुपमा लिन नसकिने जवाफ दिएका थिए। लगत्तै उनी उम्मेदवार जगन्नाथ पौडेललाई भेट्न उनकै निवासमा पुगेका थिए। उक्त भेटमा कुरा सकारात्मक भएपनि फिर्ता लिने विषयमा तयार नभएपछि शुक्रबार बिहानैदेखि गृहमन्त्री खाण पुन: सक्रिय भएका हुन्। 

निर्वाचन आयोगले आज (शुक्रबार) साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको छ। उक्त समयसम्म फिर्ता नलिएमा उम्मेदवारको अन्तिम नामावलीमा नाम समावेश गर्दै निर्वाचन आयोगले वैशाख १७ गते अन्तिम नामावली प्रकाशन गर्ने छ। यस्तो अवस्थामा भरतपुरमा सत्ता गठवन्धनको उम्मेदबार रेनु दाहाललाई जित्नका लागि कठिन हुने देखिएको छ। 

मंगलवार चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेपाली काग्रेसको उम्मेदवार फिर्ता नभएमा आफ्नो उम्मेदवारलाई संकट पर्ने वस्तुस्थिति वुझेपछि प्रधानमन्त्री देउवालाई जसरी पनि फिर्ता गराउनुपर्ने कुरा राखेका थिए। लगत्तै प्रधानमन्त्रीले आफ्ना विश्वासिला पात्र गृहमन्त्री खाणलाई चितवन पठाएका थिए । 

शुक्रबार मात्रै नेपाली कांग्रेसले बागी उम्मेदबारमाथि कारबाही हुने भन्दै विज्ञप्ति जारी गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेले जारी गरेको विज्ञप्तिमा बागी उम्मेदवारको प्रस्तावक र सर्मथकलाई पनि कारबाही हुने चेतावनी दिएको छ। 

Ncell 2
Ncell 2

त्यस्तै, विहिबार वालुवाटारमा बसेको सत्ता गठवन्धनको निर्वाचनसम्बन्धी संयन्त्रको बैठकले पनि यस्तै निर्णय गरेको थियो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले पनि सत्ता गठबन्धनका नेताहरुको बैठक चलिरहेको छ। 

भरतपुर, पोखरा, चितवन, वीरगञ्ज लगायत क्षेत्रमा परेको बागी उम्मेदवारी फिर्ता गराउने विषयमा छलफल केन्द्रित हुने बालुवाटार स्रोतले जनाएको छ। 

आयोगले गृहमन्त्रीलाई कारबाही गर्छ?
चितवन पुगेर बागी उम्मेदवार फकाउन सक्रिय भएका गृहमन्त्री खाणको गतिविधिलाई निर्वाचन आयोगले 'नोटिस'मा लिएको जनाएको छ। 

बिहीबार नियमित पत्रकार सम्मेललमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले सार्वजनिक सञ्चार माध्यममा आएका कुराहरु आयोगले अनुगमन गरिरहेको र गृहमन्त्रीको भ्रमणप्रति ध्यानाकर्षण भएको बताएका थिए। 

गृहमन्त्रीले स्वतन्त्र उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन दबाब दिन मिल्ने कि नमिल्ने, आचारसंहिता उल्लंघनका बारेमा आयोगको पदाधिकारी वैठकले निर्णय गर्ने अर्यालको भनाइ थियो। गृहमन्त्री खाण काठमाडौं पुगेपछि उनलाई चितवन भ्रमणबारे पत्र लेख्न सक्ने निर्वाचन आयोग स्रोतले बताएको छ। 

हालससम्म कारबाहीको कुनै निर्णय नभएको र सार्वजनिक भएको कुरामा आयोगको ध्यानाकर्षण भएकाले शुक्रबार पदाधिकारी बैठक बसेर केही निर्णय हुने आयोग स्रोतले जानकारी दिएको छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ १५, २०८२
सेयर बजारमा साढे १७.५३ अंकको गिरावट बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह बिहीबार, माघ १५, २०८२
जापानी भाषा परीक्षा विरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्