काठमाडौं- सत्तारुढ नेकपा एकीकृत समाजवादी र बहिर्गमित जनमुक्ति सेना नेपालबीच एकीकरण हुने भएको छ।
शुक्रबार दिउँसो एक कार्यक्रमकाबीच उनीहरुबीच एकीकरण कार्यक्रम हुन लागेको हो।
एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा दिउँसो १ बजे एकीकरण कार्यक्रम हुन लागेको नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवम् कार्यालय सचिव गंगालाल तुलाधरले जानकारी दिए।
एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले पछिल्लो समय साना वाम पार्टीहरुसँगको एकीकरण गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।