काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि देशैभर डेढ लाख बढीले विभिन्न पदमा मनोनयन दर्ता गराएका छन्।
वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ। जस अन्तर्गत ११ र १२ गते मनोनयन दर्ता गराएका उम्मेदवारले आज निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन्।
आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेहरुका लागि आज साँझ ५ बजेसम्मको समय दिएको छ। उम्मेदवारको नामावाली फिर्ताको समय सकिए लगत्तै आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ। आज नामावली प्रकाशन भएपछि शनिबार उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ। चुनाव चिह्न प्रदान गरिसकेपछि वैशाख २७ गतेसम्म उम्मेदवारहरुले प्रचार प्रसार गर्न पाउने छन्।
वैशाख २७ राति १२ बजेपछि मौन अवधि सुरु हुने हुनेछ। स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १४५ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ। स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन र नेकपा एमाले मुख्य प्रतिस्पर्धामा देखिएका छन्।
गठबन्धन गरेका दलहरुबाट विभिन्न ठाउँमा बागी उम्मेदवारी परेको छ। दलहरुले बागी उम्मेदवारलाई फिर्ताका लागि पहल गरिरहेका छन्। भरतपुर महानगरमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी रेनु दाहालकाविरुद्ध नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको छ। अन्य विभिन्न ठाउँमा पनि गठबन्धन र एमाले उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।