काठमाडौं–एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसबाट काठमाडौं महानगर प्रमुख पद उमेदवार सिर्जना सिंहको पारिवारिकबाहेक कुनै योगदान नभएको भनी टिप्पणी गरेका छन्।
काठमाडौंको होटल याल्लो प्यागोडामा बिहीबार भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सिर्जना सिंह गणेशमान सिंहकी बुहारी र प्रकाशमान सिंहकी श्रीमतीमात्र भएको भन्दै आलोचना गरे। ‘सिंहको योगदान खोज्दै जाने हो भने अघिल्लो पुस्ताको योगदानका आधारमा राजनीति गर्न उभिएको देखिएको छ,' ओलीले भने।
‘अरु पार्टीका उम्मेदवार हे・यो र राजनीतिक इतिहास के छ भन्यो भने आफ्नो त कुन्नि अघिल्लो पुस्ता सम्झिनु पर्छ। यसो नाता सम्बन्ध केलाएर अघिल्लो पुस्तातिर जानुपर्छ होला,' ओलीले भने, ‘आफ्नै योगदान के त भन्दा नाता सम्बन्ध केलाउन आफ्नै घर परिवारतर्फ फकिर्नु पर्छ होला,' उनले भने,
उनले नेकपा एमालेलाई भोट नदिएर काठमाडौंका सचेत जनताले कसैलाई भोट नदिने पनि बताए। उनले आफूले उठाएका मेयर केशव स्थापितको मीटू आरोपको बचाउ गर्दै चुनावको समयमा मात्र यस्तो आउने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।