• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

गठबन्धनको टाउको दुखाइ बनेका भरतपुरका 'बागी', फकाउनका लागि गृहमन्त्रीदेखि पूर्वप्रधानन्यायाधीशसम्म चितवनमा

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १५, २०७९  १५:५५
1140x725

भरतपुर– संविधान जारी भएपछि पहिलोपटक स्थानीय तहको चुनाव हुँदाको जस्तै, यसपटक पनि राजनीतिक चर्चा र चासोको केन्द्रमा छ, चितवनको भरतपुर महानगरपालिका। नेपाली कांग्रेसको साथ पाएर अघिल्लोपटक भरतपुरको मेयर निर्वाचित भएकी रेणु दाहाल फेरि चुनावी मैदानमा उत्रिएकी छन्। 

२०७४ सालको जस्तै यसपटकको स्थानीय चुनावमा पनि रेणुलाई जिताउन उनको पार्टी नेकपा माओवादी केन्द्रसँगै नेपाली कांग्रेस (नेतृत्व तह) जोडतोडका साथ लागिरहेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की छोरीका लागि 'सहज वातावरण' बनाइदिन माओवादीभन्दा कांग्रेसका नेताहरु सक्रिय भएर लागेका छन्, यसपटक पनि। 

तर, अवस्था २०७४ को जस्तो सहज छैन। यसपटक कांग्रेस कार्यकर्ताहरुले चितवनमा 'विद्रोह'को घोषणा गरेका छन्। र, विद्रोहको नेता बनेका छन्– कांग्रेसका पुराना नेता तथा पूर्वसांसद जगन्नाथ पौडेल। पौडेलले भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। 

चितवनमा कांग्रेससहित सत्ता गठबन्धनका दलहरुको समर्थनमा माओवादी केन्द्रबाट रेणु भरतपुरको साझा मेयरकी उम्मेदवार हुन्। तर, पौडेलको उम्मेदवारी गठबन्धन लागि चुनौती बनेको छ।      

पौडेलको उम्मेदवारी फिर्ता गराउन भन्दै अहिले कांग्रेसका 'प्रभावशाली' नेताहरु चितवन दौडाहमा छन्। गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको 'दूत' बनेर चितवन पुगेका छन्। उनीहरुले पौडेलसँग विभिन्न चरणमा छलफल गरेका छन्। 

प्रधानमन्त्री देउवाले समेत फोन गरेर पौडेललाई काठमाडौं बोलाएका छन्।

सोमबार भएको मनोनयनमा पौडेलले भरतपुरको मेयरमा उम्मेदवारी दिएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार सुटुक्क चितवन पुगेका थिए। त्यहाँ उनले पौडेलको उम्मेदवारी फिर्ता गराउने विषयमा छलफल गरे। 

प्रचण्ड मंगलबारै फर्किए। बुधबार गृहमन्त्री खाण चितवन पुगे। खाणपछि राज्यमन्त्री श्रेष्ठ पनि चितवन पुगे। पौडेललाई फकाउनकै लागि भनेर खाण काठमाडौं नफर्कि उतै बास बसे। तर, पौडेलले उम्मेदवारी फिर्ता लिन मानेका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पूर्वसांसद पौडेल चितवनको राजनीतिमा 'स्वच्छ छवि' भएको नेताका रुपमा चिनिन्छन्। मतदाताबीच पनि राम्रो प्रभाव भएका पौडेलले कांग्रेसको धेरै मत 'काट्ने' आकलन छ। 

स्थानीय तह निर्वाचनको मिति घोषणा भएदेखि नै भरतपुरको मेयर छाड्न नसकिने बताउँदै आएका कांग्रेसका जिल्ला तहका र केन्द्रमा समेत प्रतिनिधि गर्ने कांग्रेस नेताहरुले पनि पौडेललाई साथ दिएका छन्। 'संगठन जीवित राख्न पनि' यसपटक भरतपुरको मेयर छाड्न नसकिने बताउँदै आएका नेताहरुले गठबन्धन गर्ने पार्टी केन्द्रको निर्देशन पालना त गरेका छन्, तर स्वीकार गरेका छैनन्। चितवन कांग्रेसका अधिकांश नेताले औपचारिक रुपमा नबोले पनि भित्री रुपमा भने पौडेललाई सहयोग गरिरहेका कार्यकर्ताहरुको भनाइ छ।  

चितवनमा खाणको दौडादौड!
उम्मेदवारी फिर्ताको अन्तिम समय जति नजिकिँदै छ, गठबन्धनका नेताहरुको चितवन दौडधुप पनि त्यति नै बढ्दो छ। बुधबार चितवन पुगेका खाणले  कांग्रेसका प्रभावशाली नेताहरुलाई भेटेर पौडेलको उम्मेदवारी फिर्ता लिने वातावरण बनाइदिन आग्रह गरेका छन्। 

खाणले बुधबार सुरुमा पूर्व जिविस सभापति कृष्णलाल सापकोटालाई भेटे। सापकोटा पौडेलको प्रस्तावक रहेका थिए। राजनीतिमा पौडेलका  समकालीन भएकाले पनि उनको उम्मेदवारी फिर्ता लिने वातावरण बनाउन सापकोटासँगको भेट उपलब्धिमूलक हुने खाणको विश्वास थियो। तर, सापकोटाको जवाफ अपेक्षा गरेजस्तो आएन।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सापकोटापछि खाणले चितवन कांग्रेसका पुराना नेता भीमबहादुर श्रेष्ठलाई पनि उनकै घरमा पुगेर भेटे। श्रेष्ठले पनि संगठन र पार्टीलाई बचाउनका लागि हरेकपटक अरु पार्टीलाई मत हाल्न नसकिने जवाफ दिए। 

दुवैजना सँगको भेटपछि गृहमन्त्री खाण उम्मेदवार पौडेललाई भेट्न उनको निवासमा पुगेका थिए। कृष्णनगरस्थित पौडेल निवासमा भएको छलफलमा पौडेलले आफ्नो उम्मेदवारीको विषयमा आफूले मात्रै निर्णय गरेर नहुने जवाफ दिए। भरतपुरका समग्र कांग्रेस नेता र कार्यकर्ताको आग्रहपछि मात्रै आफू उम्मेदवार बनेको उनको भनाइ छ। 

अहिले सत्ता गठबन्धन आवश्यक भएकाले, यसलाई बचाउनका लागि पनि कार्यकर्ताहरु तयार हुनुपर्ने भएकाले, पार्टीले नचाहेर भरतपुर गुमाउनु परेको तर्क गरेका थिए। तर, पौडेल आफ्नो अडानमा कायम रहेपछि फेरि छलफल गर्ने भन्दै खाण निस्केका थिए।

पौडेललाई मनाउन पूर्वप्रधानन्यायाधीश पनि सक्रिय 
पौडेलको उम्मेदवारी फिर्ता गराउने विषयमा नेताहरु मात्रै होइन, पूर्वप्रधानन्यायाधीश समेत सक्रिय भएका छन्। पौडेललाई मनाउन पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली पनि भरतपुरको कृष्णनगर पुगेका छन्। 

चितवन काग्रेसका नेतासँग पुरानो सम्वन्ध भएका पराजुलीको पौडेलसँग पनि राम्रो सम्बन्ध भएको बताइन्छ। पौडेल सँगको सम्बन्धकै कारण प्रधानमन्त्री देउवाको आग्रहमा पराजुली कृष्णनगर पुगेका हुन्। 

पराजुलीले भने पौडेलसँग व्यक्तिगत सम्बन्ध भएको र व्यक्तिगत सम्बन्धकै विषयमा छलफल गर्न भेट भएको बताएका छन्। पौडेलसँगको आफ्नो भेटलाई राजनीतिक अर्थ दिएर अतिरञ्जित नगरिदिनु पराजुलीले आग्रह गरे। 

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
सुनकोशीमा दुर्घटनाकी घाइते महिलालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो आइतबार, कात्तिक १, २०८३
रौतहट जाँदै गरेको माइक्रोबस भीमफेदीमा दुर्घटनाग्रस्त हुँदा ११ घाइते, एकको अवस्था गम्भीर आइतबार, कात्तिक १, २०८३
काठमाडौंमा मेलम्चीको खानेपानी पुनः वितरण भएको हो ? आइतबार, कात्तिक १, २०८३
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा आइतबार, कात्तिक १, २०८३
३० लाख घुस डिलको आरोपमा एमालेले पूर्वमन्त्री पाण्डेलाई कारबाही सिफारिस गर्‍यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्