• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

गठबन्धनको टाउको दुखाइ बनेका भरतपुरका 'बागी', फकाउनका लागि गृहमन्त्रीदेखि पूर्वप्रधानन्यायाधीशसम्म चितवनमा

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १५, २०७९  १५:५५
1140x725

भरतपुर– संविधान जारी भएपछि पहिलोपटक स्थानीय तहको चुनाव हुँदाको जस्तै, यसपटक पनि राजनीतिक चर्चा र चासोको केन्द्रमा छ, चितवनको भरतपुर महानगरपालिका। नेपाली कांग्रेसको साथ पाएर अघिल्लोपटक भरतपुरको मेयर निर्वाचित भएकी रेणु दाहाल फेरि चुनावी मैदानमा उत्रिएकी छन्। 

२०७४ सालको जस्तै यसपटकको स्थानीय चुनावमा पनि रेणुलाई जिताउन उनको पार्टी नेकपा माओवादी केन्द्रसँगै नेपाली कांग्रेस (नेतृत्व तह) जोडतोडका साथ लागिरहेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की छोरीका लागि 'सहज वातावरण' बनाइदिन माओवादीभन्दा कांग्रेसका नेताहरु सक्रिय भएर लागेका छन्, यसपटक पनि। 

तर, अवस्था २०७४ को जस्तो सहज छैन। यसपटक कांग्रेस कार्यकर्ताहरुले चितवनमा 'विद्रोह'को घोषणा गरेका छन्। र, विद्रोहको नेता बनेका छन्– कांग्रेसका पुराना नेता तथा पूर्वसांसद जगन्नाथ पौडेल। पौडेलले भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। 

चितवनमा कांग्रेससहित सत्ता गठबन्धनका दलहरुको समर्थनमा माओवादी केन्द्रबाट रेणु भरतपुरको साझा मेयरकी उम्मेदवार हुन्। तर, पौडेलको उम्मेदवारी गठबन्धन लागि चुनौती बनेको छ।      

पौडेलको उम्मेदवारी फिर्ता गराउन भन्दै अहिले कांग्रेसका 'प्रभावशाली' नेताहरु चितवन दौडाहमा छन्। गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको 'दूत' बनेर चितवन पुगेका छन्। उनीहरुले पौडेलसँग विभिन्न चरणमा छलफल गरेका छन्। 

प्रधानमन्त्री देउवाले समेत फोन गरेर पौडेललाई काठमाडौं बोलाएका छन्।

सोमबार भएको मनोनयनमा पौडेलले भरतपुरको मेयरमा उम्मेदवारी दिएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार सुटुक्क चितवन पुगेका थिए। त्यहाँ उनले पौडेलको उम्मेदवारी फिर्ता गराउने विषयमा छलफल गरे। 

प्रचण्ड मंगलबारै फर्किए। बुधबार गृहमन्त्री खाण चितवन पुगे। खाणपछि राज्यमन्त्री श्रेष्ठ पनि चितवन पुगे। पौडेललाई फकाउनकै लागि भनेर खाण काठमाडौं नफर्कि उतै बास बसे। तर, पौडेलले उम्मेदवारी फिर्ता लिन मानेका छैनन्। 

Ncell 2
Ncell 2

पूर्वसांसद पौडेल चितवनको राजनीतिमा 'स्वच्छ छवि' भएको नेताका रुपमा चिनिन्छन्। मतदाताबीच पनि राम्रो प्रभाव भएका पौडेलले कांग्रेसको धेरै मत 'काट्ने' आकलन छ। 

स्थानीय तह निर्वाचनको मिति घोषणा भएदेखि नै भरतपुरको मेयर छाड्न नसकिने बताउँदै आएका कांग्रेसका जिल्ला तहका र केन्द्रमा समेत प्रतिनिधि गर्ने कांग्रेस नेताहरुले पनि पौडेललाई साथ दिएका छन्। 'संगठन जीवित राख्न पनि' यसपटक भरतपुरको मेयर छाड्न नसकिने बताउँदै आएका नेताहरुले गठबन्धन गर्ने पार्टी केन्द्रको निर्देशन पालना त गरेका छन्, तर स्वीकार गरेका छैनन्। चितवन कांग्रेसका अधिकांश नेताले औपचारिक रुपमा नबोले पनि भित्री रुपमा भने पौडेललाई सहयोग गरिरहेका कार्यकर्ताहरुको भनाइ छ।  

चितवनमा खाणको दौडादौड!
उम्मेदवारी फिर्ताको अन्तिम समय जति नजिकिँदै छ, गठबन्धनका नेताहरुको चितवन दौडधुप पनि त्यति नै बढ्दो छ। बुधबार चितवन पुगेका खाणले  कांग्रेसका प्रभावशाली नेताहरुलाई भेटेर पौडेलको उम्मेदवारी फिर्ता लिने वातावरण बनाइदिन आग्रह गरेका छन्। 

खाणले बुधबार सुरुमा पूर्व जिविस सभापति कृष्णलाल सापकोटालाई भेटे। सापकोटा पौडेलको प्रस्तावक रहेका थिए। राजनीतिमा पौडेलका  समकालीन भएकाले पनि उनको उम्मेदवारी फिर्ता लिने वातावरण बनाउन सापकोटासँगको भेट उपलब्धिमूलक हुने खाणको विश्वास थियो। तर, सापकोटाको जवाफ अपेक्षा गरेजस्तो आएन।  

सापकोटापछि खाणले चितवन कांग्रेसका पुराना नेता भीमबहादुर श्रेष्ठलाई पनि उनकै घरमा पुगेर भेटे। श्रेष्ठले पनि संगठन र पार्टीलाई बचाउनका लागि हरेकपटक अरु पार्टीलाई मत हाल्न नसकिने जवाफ दिए। 

दुवैजना सँगको भेटपछि गृहमन्त्री खाण उम्मेदवार पौडेललाई भेट्न उनको निवासमा पुगेका थिए। कृष्णनगरस्थित पौडेल निवासमा भएको छलफलमा पौडेलले आफ्नो उम्मेदवारीको विषयमा आफूले मात्रै निर्णय गरेर नहुने जवाफ दिए। भरतपुरका समग्र कांग्रेस नेता र कार्यकर्ताको आग्रहपछि मात्रै आफू उम्मेदवार बनेको उनको भनाइ छ। 

अहिले सत्ता गठबन्धन आवश्यक भएकाले, यसलाई बचाउनका लागि पनि कार्यकर्ताहरु तयार हुनुपर्ने भएकाले, पार्टीले नचाहेर भरतपुर गुमाउनु परेको तर्क गरेका थिए। तर, पौडेल आफ्नो अडानमा कायम रहेपछि फेरि छलफल गर्ने भन्दै खाण निस्केका थिए।

पौडेललाई मनाउन पूर्वप्रधानन्यायाधीश पनि सक्रिय 
पौडेलको उम्मेदवारी फिर्ता गराउने विषयमा नेताहरु मात्रै होइन, पूर्वप्रधानन्यायाधीश समेत सक्रिय भएका छन्। पौडेललाई मनाउन पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली पनि भरतपुरको कृष्णनगर पुगेका छन्। 

चितवन काग्रेसका नेतासँग पुरानो सम्वन्ध भएका पराजुलीको पौडेलसँग पनि राम्रो सम्बन्ध भएको बताइन्छ। पौडेल सँगको सम्बन्धकै कारण प्रधानमन्त्री देउवाको आग्रहमा पराजुली कृष्णनगर पुगेका हुन्। 

पराजुलीले भने पौडेलसँग व्यक्तिगत सम्बन्ध भएको र व्यक्तिगत सम्बन्धकै विषयमा छलफल गर्न भेट भएको बताएका छन्। पौडेलसँगको आफ्नो भेटलाई राजनीतिक अर्थ दिएर अतिरञ्जित नगरिदिनु पराजुलीले आग्रह गरे। 

प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९  १५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्वाचन तयारीबारे आयोग र गृह मन्त्रालयबीच छलफल
ग्लोबल आइएमई बैंकमा किओस्क मेसिनबाटै बैंक खाता खोल्ने सुविधा
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी बिहीबार, माघ १५, २०८२
सेयर बजारमा साढे १७.५३ अंकको गिरावट बिहीबार, माघ १५, २०८२
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह बिहीबार, माघ १५, २०८२
जापानी भाषा परीक्षा विरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज बिहीबार, माघ १५, २०८२
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्