काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गफाडी मात्र भएको आरोप लगाएका छन्। एकीकृत नेपाल कम्युनिस्ट पार्टी सँगको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले ओलीले ३ वर्षमा भ्रष्टाचार गर्ने कार्य मात्र गरेको आरोप लगाए।
उनले अब आइरहेको निर्वाचनमा अरुभन्दा किन ठिक छौं भनेर पुष्टि गर्नुपर्ने समेत दाबी गरे। वृद्धभत्ता र एकल महिला र अपाङ्गता भएकाहरुलाई भत्ता दिने कामको सुरुवात आफूहरुले गरेको पनि नेपालले दाबी गरे। अध्यक्ष नेपालले वृद्धभत्ता लगायतको भत्ताको व्यवस्थामा एमालेको ओली गुटको कुनै भूमिका नै नभएको टिप्पणी गरे।
उनले केपी ओलीले पनि यति र ओम्नीबाट देशलाई चुस्ने काम गरेको आरोप लगाए। गफमा ओली अगाडि र काममा आफूहरु अगाडि रहेको नेपालले दाबी गरे।
आफूहरु र ओलीको तुलना गर्दा इमान तथा निष्ठाको राजनीति र बेइमानीको ग्राफ निकाल्ने हो भने थाहा हुने नेपालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।