काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)ले शुक्रबार घोषणा पत्र सार्वजनिक गर्ने भएको छ। स्थानीय तह निर्वाचन–२०७९ का सन्दर्भमा लोसपाले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गर्न लागेको हो।
पार्टी कार्यालय बबरमहलमा शुक्रबार बिहान साढे ११ बजे घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए।
स्थानीय तहको निर्वाचनका सन्दर्भमा अन्य राजनीतिक दलहरुले यसअघि नै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।