काठमाडौं– सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले आफूले श्रमजीवी महिलाहरूका लागि विशेष प्याकेज ल्याउने बताएकी छन्।
बिहीबार आफ्ना प्रतिबद्धता सार्वजनिक गर्ने क्रममा उनले महिलाको श्रमको मूल्यांकन हुने वातावरण बनाउने बताइन्।
आफू मंगलादेवीको बुहारी भएको र उनले गरेका महिला संघर्षको बलिदानलाई आत्मसाथ गर्ने सिंहले बताइन्। 'काठमाडौंमा बस्ने महिला घरको टेको हुन्। काठमाडौं सहरलाई महिलामैत्री बनाउने मेरो प्रयत्न रहनेछ', सिंहले भनिन्।
उनले नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा राति काम गर्ने महिलाको सुरक्षाका लागि सबैतिर सीसीटीभी जडान गर्ने र झिलिमिली शहर बनाउने बताइन्।
जसले गर्दा महिला मेयर भएको प्रत्याभूति गराउने उनको भनाइ छ। उनी भन्छिन्, 'एक रात एक्लै काठमाडौं सहर हिँड्ने रहर छ। महिलाका लागि यहाँ सुरक्षित छ छैन अनुभव गर्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।