काठमाडौं- काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी सिर्जना सिंहले सात 'स'को संकल्प सार्वजनिक गरेकी छिन्। बिहीबार उनको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा आफ्ना संकल्पहरु सार्वजनिक गरेकी हुन्।
उनको सात 'स' मा १) सेवा र सुशासन, २) स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, ३) स्वच्छ, सफा, दिगो पर्यावरण, ४) सुरक्षित सहर, ५) संस्कृति, सम्पदा र सभ्यता, ६) सबल र समुन्नत पूर्वाधार र ७) सबल युवा, स्वावलम्बी महिला सृजनशील महानगरबासी छन्।
कार्यक्रममा उनले आफूलाई जिताउन आग्रह गरिन्। आफूलाई जिताएमा महानगरदेखि देशको शीर उच्च राख्ने उनको भनाइ छ।
सिंहले काठमाडौंलाई खाल्डाखुल्डी देख्न नपर्ने सहर बनाउने बताइन्। उनले नेपाल सरकारसँग समन्वय गरेर खाल्डाखुल्डी देख्न नपर्ने सहर बनाउने बताएकी हुन्।
अहिले जताततै खाल्डाखुल्डी भएको पानी जमेर हिलो भएको भन्दै त्यसले प्रदूषण पनि बढारहेको उनको भनाइ छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।