काठमाडौं- काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएकी सिर्जना सिंहले काठमाडौंलाई खाल्डाखुल्डी देख्न नपर्ने सहर बनाउने बताएकी छिन्।
बिहीबार उनको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै उनले नेपाल सरकारसँग समन्वय गरेर खाल्डाखुल्डी देख्न नपर्ने सहर बनाउने बताएकी हुन्। अहिले जताततै खाल्डाखुल्डी भएको, पानी जमेर हिलो भएको भन्दै त्यसले प्रदूषण पनि बढारहेको उनको भनाइ छ।
काठमाडौंलाई हिँड्नयोग्य सहर बनाउने उनले बताइन्। साइकल लेनको व्यवस्था गर्ने, प्रदूषणरहित बनाउने र ट्राफिक जाम नहुने सहर बनाउने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।