काठमाडौं– सत्तागठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले आज संकल्प पत्र सार्वजनिक गर्ने भएकी छन्।
आज बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा उक कार्यक्रम आयोजना गरी संकल्प पत्र सार्वजनिक गर्ने तयारी गरिएको सिंहको सचिवालयले जानकारी दिएको छ।
कांग्रेस नेतृ सिंहको संकल्प प्रस्तावमा शिक्षा, स्वास्थ्य, रोजगार, ऐतिहासिक तथा सांस्कृतिक क्षेत्र संरक्षणजस्ता मुद्दा विशेष रुपमा उठाइने बताइएको छ।
उनले निःशुल्क खानेपानी र शौचालयको व्यवस्थापन मिलाउने, श्रमिकका छोराछोरीलाई सामुदायिक विद्यालयमा शिशु स्याहार केन्द्र, बागमती र विष्णुमती सरसफाइजस्ता विषयसमेत उठाएकी छन्।
पाँचदलीय सत्तागठबन्धनबाट सिंह काठमाडौंको मेयरमा साझा उम्मेदवार हुन्। यहाँ नेकपा एमालेबाट केशव स्थापित मेयरका उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।