विराटनगर–विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले राजीनामा दिएका छन्। पार्टीका पक्षमा प्रचारप्रसार गर्नुपर्ने भएकाले राजीनामा दिएको उनले जनाएका छन्।
उनले आफू नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकाले निर्वाचनसम्बन्धी गतिविधिमा संलग्न हुनुपर्ने हुँदा पदमा बसिरहन नैतिकताले नदिएको बताएका छन्।
‘म नेपाली कांग्रेसको केन्द्रीय सदस्य पनि हुँ। आसन्न निर्वाचनमा पार्टीको प्रचारप्रसार तथा निर्वाचनसम्बन्धी विविध गतिविधिमा सहभागी हुनुपर्ने भएकाले वर्तमान अवस्थामा बहाल रहेको प्रमुखको पदमा बसिरहन नैतिकताका आधारमा उपयुक्त नदेखिएकाले १४ वैसाखदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको छु,’ उनले भनेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।