कालिकोट–सत्ता गठबन्धनका दलबीच भागबन्डा नमिल्दा कालिकोटमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ। मनोनयनपछि बुधबार बसेको बैठकमा समेत गठबन्धन दलबीच सहमति हुन सकेन। स्थानीय निर्वाचनमा निर्वाचनमा एक्लाएक्लै लड्ने गठबन्धन दलहरु बीच सहमति भएको कांग्रेस नेता भूपेन्द्रजंग शाहीले जानकारी दिए।
सत्ता गठबन्धनमा रहेको ५ दलीय संयन्त्रले भागबन्डा मिलाउन नसकेपछि स्थानीय तहरुलाई नै तालमेलको अधिकार दिएका छन्।
संयन्त्रको निर्णयमा भनिएको छ, ‘गठबन्धनभित्र सहमति हुन नसकेमा स्वस्थ र मित्रवत प्रतिस्पर्धा गर्ने तर गठबन्धन दलबाहेक अन्य पार्टीसँग तालमेल गर्न नपाउने।’ (तलकाे तस्बिर)
गठबन्धन दलहरु कमजोर भएका स्थानीय तह र वडाहरुमा अनिवार्य गठबन्धन गरी सम्बन्धित स्थानीय तहहरुले विजय हासिल गर्न विशेष पहल गर्नेसमेत निर्णय गरिएको छ। तर, गठबन्धनका ठूला दलहरुले सबै पालिकामा एकल उम्मेदवारी दिएका छन्। फिर्ताको पहल सकारात्मक रुपमा अघि बढ्न सकेको छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।