काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको घोषणापत्रमाथि गरेको टिप्पणीको जवाफ फर्काएका छन्। उनले ओलीको मुखबाट घोषणापत्रको आलोचना हुनु नयाँ कुरा नभएको बताए।
ओलीको मुखबाट गाली नै निस्किने भएकाले समाचारको विषय नभएको बताउँदै गगनले भने, 'जसको मुखमा अंगार छ, उसले ओकल्ने कालै हो। मुख छाड्ने कुरा नयाँ होइन।' ओलीले कांग्रेस घोषणा पत्रमाथि टिप्पणी गर्दै 'पागलहरुको प्रलाप' बताएका थिए।
जवाफमा गगनले भने, 'उहाँले पागल भन्नुभयो। शुशीला कार्कीलाई र गोविन्द केसीलाई पनि उहाँ सन्केपछि भन्ने पागल नै हो। उहाँले सहन सक्नुभएन। सनक्क सन्किँदा शरीलाई अप्ठ्यारो पर्छ शरीरको ख्याल गर्नुहोला।'
ओलीलाई लजिक नभइ म्याजिक मनपर्ने उल्लेख गर्दै महामन्त्री थापाले भ्याएको बेला बालकोट नै गएर ट्युसन पढाउने समेत बताए। उनले थपे, 'अस्ति मेरो महामन्त्री बन्दा चोर्यो भन्नुभयो। अहिले फेरि घोषणापत्रमा त्यस्तै भन्नुभएको छ। भ्याएको बेला बालकोट नै गएर ट्युसन पढाउने बेला भएको छ। मलाई चोर्नु छैन। तपाईंको समृद्धि तपाईसँगै राख्नुहोस्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।