काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विधानको नयाँ अभ्यास गर्ने क्रममा त्रुटि भएको बताएका छन्। स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरुको भूमिका कार्यक्रममा उनले कतिपय ठाउँमा नियत पनि खराब राखिएको बताए।
'अधिवेशनको लगत्तै पछाडि प्रतिशोध साँध्ने हिसाबले व्यवहार गरेको पाइएको छ। यी सबै विषयको बारेमा हामी बेवास्ता गरेर बसेका छैनौँ। यी विषयहरुमा हाम्रो ध्यानाकृष्ट भएको छ', उनले भने।
उनले अहिले आफूहरु निर्वाचनको क्रममा भएको भन्दै केही दिन निर्वाचनमा होमिएको बताए। निर्वाचन युद्ध जस्तो भएको उनको भनाइ छ। 'धेरै बहस गर्ने समय छैन, छुट पनि छैन। यो बेला पार्टीलाई जिताउन चाहन्छौँ। पार्टीको निर्णयलाई कार्यान्वयन गर्न चाहन्छौँ', उनले भने।
उनले निर्वाचनपछि उल्लेखित विषयमा फेरि छलफल र बहस हुने बताए। 'यो विषय मुल्तमीमा राखिन्न। एउटा एउटा विषयमा छलफल हुन्छ। तालमेलको विषयमा छलफल हुन्छ। नियतको बारेमा छलफल हुन्छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।