धनगढी– कैलालीमा तीन दलीय गठबन्धनले आधिकारिक उम्मेदवार सार्वजनिक गरेको छ। गठबन्धनले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै आधिकारिक उम्मेदवार सार्वजनिक गरेको हो। गठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन समेत आग्रह गरेको छ।
राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीसँग वडा तहमा मित्रवत चुनावी तालमेल गर्ने र नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच सबै स्थानीय तहका प्रमुख/उपप्रमुखमा बाँडफाँटको टुंगो यसअघि नै लागिसकेको विज्ञप्तिमा जनाइएको छ।
नेपाली कांग्रेसका तर्फबाट जिल्ला सभापति नारायणदत्त भट्ट, माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिराम चौधरी र एकीकृत समाजवादीका कैलाली इन्चार्ज दीर्घ सोडारीले विज्ञप्ति जारी गरेर सबै तहका आधिकारिक उम्मेदवारबारे जानकारी दिएका हुन्।
'१३ वटै स्थानीय तहमा सम्बद्ध दलसँग रहेका सम्पूर्ण पार्टीका विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरूबाट पार्टीको नामबाट र स्वतन्त्र उम्मेदवारी दिएको जानकारी आएकोले गठबन्धन दलका आधिकारिक उम्मेदवारहरूलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिई सहयोग गरिदिन हुन हार्दिक अपिल गर्दछौं', विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।