काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन)लाई पदमुक्त गरेका छन्।
पार्टी अनुशासन विपरीत गतिविधि गरेको आरोपमा उनीहरूलाई पदमुक्त गरेको महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।उनीहरुमाथि पार्टीको १२औं पूर्ण बैठकले पारित गरेको नीति विपरीत लागेको आरोप महासचिवको छ।
उनीहरुले बैठकका निर्णय र नेतृत्वविरुद्ध पार्टी बाहिरका सञ्चारमाध्यममा अन्तवार्ता दिने, कार्यकर्तामाझ गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेको विज्ञप्तिमा उल्लेख छ।
सचिवालय सदस्य कञ्चनले पार्टी निर्णयविना सचिवालय सदस्यको नामबाट वक्तव्य जारी गर्दै पार्टीले स्थानीय चुनावमा पठाएका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवार चुनावबाट फिर्ता हुनुपर्ने नभए कारवाही गरिने जस्ता गैरजिम्मेवार वक्तव्य निकालेको विज्ञप्तिमा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।