• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्थानीय निर्वाचन

गठबन्धन र एमालेलाई कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको चुनौती

64x64
बीपी अनमोल बुधबार, वैशाख १४, २०७९  ०९:३५
1140x725

काठमाडौं- वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि देशभर सोमबार मनोनयन दर्ताको काम सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष, महिला सदस्य, दलित महिला सदस्यसहित सदस्यसमेत गरेर देशैभर एकलाख ५० हजारभन्दा बढी मनोनयन दर्ता भइसकेको छ।

स्थानीय तहको निर्वाचनमा देशैभर पाँचदलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिन्छ। यद्यपी मनोनयन दर्ताको समयसम्म आइपुग्दा अधिकांश ठाउँमा गठबन्धनले साझा रुपमा उम्मेदवारी दिन सकेन।

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीमा केन्द्रकै निर्णय अनुसार मेयरमा नेपाली कांग्रेस नृपबहादुर वड र उपमेयरमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारी क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन्। नेकपा एमालेको तर्फबाट मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला राना थारुले उम्मेदवारी दर्ता गरेकी छन्।

स्वतन्त्रका तर्फबाट धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि गोपाल हमालले उम्मेदवारी दिएका छन्। २०७४ को स्थानीय तहको निर्वाचनमा पनि उनले स्वतन्त्रबाट नै उम्मेदवारी दिएर दोस्रो भएका थिए। एक मात्र उपमहानगर रहेको सुदूरपश्चिमको कैलालीमा अझै रोचक त पूर्वी क्षेत्रका स्थानीय तहमा हुने देखिएको छ।

पाँचदलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकै लागि चुनौतीका रुपमा कैलालीको पूर्वी क्षेत्रका स्थानीय तहमा निलम्बित सांसद रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी देखिएको छ। सो पार्टीको उपस्थितिले प्रमुख गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि झस्काएको छ। 

कैलालीमा रहेका १३ वटा स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा थारु समुदायको बाहुल्यता छ। जहाँ सो पार्टीको बलियो उपस्थिति रहेको अन्य दलका नेताहरू पनि बताउँछन्। कैलालीको गोदावरी नगरपालिका, चुरे गाउँपालिका र मोहन्यालमा खासै प्रभाव नरहेको भए पनि बाँकी १० वटा स्थानीय तहमा भने सांगठनिक विस्तार राम्रै भएको उनीहरूको भनाइ छ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उन्मुक्ति पार्टीले धनगढी उपमहानगरपालिसहितका १० वटा स्थानीय तहमा मनोनयन दर्ता गराएको संगठन विभाग प्रमुख लक्ष्मण चौधरीले जानकारी दिए। ‘हामीले तीनवटा बाहेकका १० वटा स्थानीय तहमा आफ्नो सबै उम्मेदवार खडा गरेका छौं’, उनले भने, ‘चुनावका लागि सबै तयारी गरेर अघि बढेका छौं।’

नागरिक उन्मुक्ति पार्टीले कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका, लम्की चुहा नगरपालिका, कैलारी गाउँपालिका, बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका र जानकी गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्दैछ।

Ncell 2
Ncell 2
nimb
nimb

नवगठित भए पनि आफूहरूको बलियो उपस्थिति रहेको र ७ वटा स्थानीय तह जित्ने दाबी चौधरीको छ। सत्ता गठबन्धन एक ठाउँमा हुँदा कसरी जित सम्भव होला भन्ने प्रश्नमा उनले भने, ‘गठबन्धन गर्नेलाई कैलालीमा चुनौती होला, हामीलाई हुँदैन।’

उनले कैलालीमा स्थानीय तह, भूगोल र जनसंख्या हेरेर फरकफरक पार्टी आफूहरूको प्रतिस्पर्धी हुने बताए। कैलालीका १३ वटै स्थानीय तहमा पूर्ण रुपमा सत्ता गठबन्धन मिलेर चुनाव लडेका छैन। टीकापुर नगरपालिकाको हकमा भने चौधरी आफूहरूको प्रतिस्पर्धी नेकपा एमाले रहेको बताउँछन्। २०७४ को स्थानीय तहको निर्वाचनमा टीकापुर नगरपालिकामा एमालेका तपेन्द्र रावल मेयरमा निर्वाचित भएका थिए।

अहिले त्यहाँ नेकपा एमालेले श्याम खत्रीलाई उम्मेदवार बनाएको छ भने गठबन्धनको तर्फबाट नवराज रावल मेयरका उम्मेदवार छन्। नागरिक उन्मुक्ति पार्टीबाट माओवादीबाट आएका रामलाल डगौरा थारूलाई मेयरको उम्मेदवार बनाइएको छ। उनी यसअघिको निर्वाचनमा माओवादीबाट टीकापुर नगरपालिका ७ को वडा अध्यक्षमा निर्वाचित भएका थिए।

चौधरीले टीकापुर सहितका ७ स्थानीय तह आफ्नो पार्टीले जित्ने दाबी गरे पनि कैलालीको टीकापुर नगरपालिकामा कांग्रेसको तर्फबाट गठबन्धनका साझा उम्मेदवार बनेका नवराज रावल टीकापुर मात्र नभइ अन्य स्थानीय तहमा गठबन्धनको कसैसँग प्रतिस्पर्धा नै नहुने दाबी गर्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘यहाँ गठबन्धनको प्रतिस्पर्धा कसैसँग हुँदैन। कांग्रेस एक्लै पनि २०७४ पछि झन बलियो बनेको थियो। तर, अहिले गठबन्धनमा रहेका दलहरू समेत साथमा छन्,’ उनले भने, ‘प्रतिस्पर्धी दल एमाले नै हो, अन्य पार्टी हुँदैनन्।’

उनले २०७४ मा पनि थोरै मतान्तरले कांग्रेस मेयरमा पराजित भएको भन्दै अहिले तत्कालीन लोकतान्त्रिक फोरम पनि नेपाली कांग्रेसमा समाहित भइसकेकाले मतभार बढेको बताए।

नागरिक उन्मुक्ति पार्टीबाट जानकी गाउँपालिकाको अध्यक्षका उम्मेदवार गणेश चौधरी पनि आफूहरू अधिकांश स्थानमा चुनाव जित्ने दाबी गर्छन्।

‘प्रतिस्पर्धा कोसँग हुन्छ भन्न सकिने अवस्था छैन। गठबन्धनमा पनि समस्या छ। त्यसको नाममा चुनाव लड्न खोजे पनि असन्तुष्ट धेरै छन्। एमाले पनि विभाजन भएको अवस्था छ’, उनी भन्छन्, ‘दलहरू भित्रको फुट र असन्तुष्टिले हामी नै सशक्त देखिएका छौं।’

उनले यसअघिको स्थानीय तहको निर्वाचन जितेका दलहरूले जनभावना अनुसार काम गर्न नसकेको र कैलालीमा पहिचानको मुद्दा स्थापित हुनुपर्छ भन्ने मान्यता राख्ने मानिस धेरै भएकाले आफूहरूको पार्टी बलियो रहेको बताए। जनताले चाहेको शान्ति, विकास नभएकाले पनि मतदाताले अहिले आफूहरूलाई नै विजय गराउने उनको दाबी छ।

‘यहाँका जनतालाई थारु पहाडी भन्ने छैन। हिजो नेताहरूले लडाएर दमन गरे भन्ने नै बुझेका छन्,’ उनी भन्छन्, ‘अन्यायमा परेका छौं भन्ने मानिसहरूले बुझेका छन्। चुनाव संघर्ष र आन्दोलन पनि भएकाले सबै नागरिक सहभागी हुन्छन्।’

टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशर कुँवर कैलालीको पूर्वी क्षेत्रमा रहेका स्थानीय तहमा गठबन्धन, एमाले र नागरिक उन्मुक्ति पार्टीबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुने बताउँछन्। ‘टीकापुरलाई आधार क्षेत्र बनाएर कैलालीको पूर्वी क्षेत्रमा उन्मुक्ति पार्टीको पनि संगठन विस्तार भएको छ,’ उनले भने, ‘सशक्त रुपमा यो पार्टी पनि चुनावी मैदानमा आएको छ।’

२०७४ को स्थानीय तहको निर्वाचनभन्दा फरक खाले प्रतिस्पर्धा अहिलेको चुनावमा देखिने भन्दै उनले नागरिक उन्मुक्ति पार्टीले उठाइरहेको मुद्दाका हिसाबले सशक्त उपस्थिति देखिएको बताए।

२०७२ भदौ ७ गते कैलाली कञ्चनपुरलाई ‘अखण्ड’ सुदूरपश्चिममा नराख्न र छुट्टै थरुहट प्रदेशको हुनुपर्ने भन्दै आन्दोलन भएको थियो। थारु समुदायले गरेको प्रदर्शनमा हिंसा भड्किएको थियो। त्यस क्रममा सातजना प्रहरी र एक नाबालक मारिएका थिए। त्यसको भोलिपल्टै टीकापुरमा थारु समुदायका घर, पसल लगायतमा आगजनी गरिएको थियो। उनीहरूमाथि दमन भएको थियो। तर, यस घटनाको छानबिन गरेर दोषीलाई पक्राउ गरी मुद्दा चलाउने काम नभएको थारु समुदायको आरोप छ। नागरिक उन्मुक्ति पार्टीले पनि अहिले पहिचानको मुद्दालाई नै प्रमुखताको साथ उठाएको छ।

टीकापुर घटनाका योजनाकारको आरोप लागेका रेशम चौधरी २०७४ को निर्वाचनमा राजपाबाट कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा फराकिलो मतको अन्तरले निर्वाचित भएका थिए। उनी आफू भूमिगत नै भएर निर्वाचन लडेका थिए। धेरैपछि उनले आफैं अदालतमा आत्मसमर्पण गरेका थिए।

जिल्ला अदालतले उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि उनी कारागार चलान भएका थिए। पछि उच्च अदालत दिपायलले पनि जिल्लाकै फैसला सदर गरेको थियो। दुईवटै अदालतको आदेशले पूर्पक्षका लागि काठमाडौंको डिल्लीबजार कारागारमा रहेका चौधरीको मुद्दा सर्वोच्च अदालतमासमेत विचाराधीन नै रहेको छ।

जसपामा विभाजन नहुँदा र त्यसपछिको अवस्थामा पनि उनले आफ्नो रिहाइका लागि प्रयास गरेका थिए। तर, पार्टीहरूबाट आवश्यक पहल हुन नसकेपछि उनले श्रीमती रन्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गत माघमा गठन गरेका थिए।
 

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  ०९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
बीपी अनमोल
लेखकबाट थप
कानुनविद्का तीन तर्क, कहिले सकिन्छ सांसदहरुको कार्यकाल?
शेरबहादुर कुँवरः अछामदेखि श्रम मन्त्रालयको नेतृत्वसम्म 
संसद्‌मा विचाराधीन नागरिकता विधेयक यसपटक पारित होला?
सम्बन्धित सामग्री
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा? सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ... बुधबार, असार १५, २०७९
काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। प्रमुखमा एकीकृत समाजवादीका दीपककुमार गौतम विजय... बिहीबार, असार २, २०७९
बाजुराको बुढीगंगा नगरपालिकामा असारको पहिलो साताभित्र चुनाव गर्ने तयारी बाजुराको बुढीगंगा नगरपालिकामा छिट्टै पुनः निर्वाचन गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइसकेको छ। तर... आइतबार, जेठ २९, २०७९
ताजा समाचारसबै
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्