काठमाडौं–नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेश समितिले पार्टी र गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिनेलाई वैशाख १५ भित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।
समिति अध्यक्ष सरल सहयात्रीले विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिन र पार्टी निर्णयविपरीत कदम नचाल्न बागी उम्मेदवारलाई निर्देशन दिएका हुन्।
उनले तोकिएको मितिभित्र उम्मेदवारी फिर्ता नलिए समितिले जारी गरेको निर्वाचन निर्देशिकाअनुसार सबै जिम्मेवारीबाट तत्काल निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिएका छन्।
सहयात्रीले भनेका छन्, ‘पार्टी र गठबन्धनको आधिकारिक उम्मेदवारलाई सहयोग नगरी बागी उम्मेदवार तथा विपक्षी दलका उम्मेदवारलाई खुल्ला वा छदम सहयोग पु¥याउने कार्य गर्ने सबैलाई बागी उम्मेदवारकै स्तरको गल्ती मानी कडा कारबाही गरिनेछ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।