काठमाडौं–नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका तर्फबाट सिन्धुलीको तिनपाटन गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका कर्णबहादुर थापामगरविरुद्ध उजुरी परेको छ। उनको उम्मेदवारी खारेजीको माग गर्दै अध्यक्षका अर्का उम्मेदवार छत्रबहादुर दाहालले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।
थापा २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। उनले आफू पदमा रहँदा आफ्नै कन्स्ट्रक्सन कम्पनीलाई ठेक्का स्वीकृत गराई गाउँपालिकामा निर्माणको काम गरेको उजुरीमा उल्लेख छ। उनको स्वामित्वमा थापा कन्स्ट्रक्सन सर्भिस रहेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।