काठमाडौं-ललितपुर महानगरपालिकाका सत्ता गठबन्धनका तर्फबाट मेयरका प्रत्यासी चिरिबाबु महर्जन र एमालेका तर्फबाट उपमेयर प्रत्यासी मञ्जली शाक्यपछि वडाध्यक्ष र सदस्यविरुद्ध पनि उजुरी परेको छ।
महानगरपालिकाकै वडा नम्बर ५ का वडाध्यक्ष उम्मेदवार कांग्रेसका सञ्जीव पाण्डेविरुद्ध पनि उजुरी परेको हो। पाण्डे राष्ट्रिय खेलकुद परिषद्को कर्मचारी भई एन्फा सातदोबाटोमा कार्यरत रहेको दाबी गर्दै उजुरी परेको हो।
यस्तै वडा नम्बर ९ बाट सदस्य उम्मेदवार बनेकी सिर्जना भुजेलविरुद्ध पनि उजुरी परेको छ। उनी उक्त वडामा मतदाता नरहेको दाबी उजुरीमा गरिएकाे छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।