काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल कारबाही परेका छन्।
नेपाली कांग्रेसले उनलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा कारबाही गरेको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले मल्लमाथि कारबाही भएको जानकारी दिएका छन्।
भनिएको छ, 'नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ।'
कांग्रेसबाट असन्तुष्ट मल्लले डडेलधुरामा नेकपा एमालेसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेका छन्। नेपाली कांग्रेस बिपी पार्टीका तर्फबाट उनको समूहले उम्मेदवारी दर्ता गराएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।