काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तह निर्वाचनका लागि २७ जिल्लामा उम्मेदवारी दिएको छ। उसले ती जिल्लाका १४५ पालिकामा उम्मेदवारी दिएको हो।
अधिकांश ठाउँमा एकल उम्मेदवारी दिएको लोसपाले केही ठाउँमा भने एमालेसँग गठबन्धन गरेको छ। कतिपय ठाउँमा भने प्रमुखमा मात्रै उम्मेदवारी दिएको छ।
काठमाडौं महानगरपालिकाको प्रमुखमा दानिन्द्र जोशी र उपप्रमुखमा उदय खड्गी, भरतपुर महानगरपालिकाको प्रमुखमा गणेश गिरी र उपप्रमुखमा रक्षा गुरुङ, वीरगञ्ज महानगरपालिकाको उपप्रमुखमा पुरुषोत्तम झा, विराटनगर महानगरपालिकाको प्रमुखमा मृत्युञ्जय मिश्र र उपप्रमुखमा सहनाज खातुनलाई उम्मेदवार बनाएको छ।
धरान उपमहानगरपालिकाको प्रमुखमा राजकुमार गुप्ता, इटहरी उपमहानगरपालिकाको प्रमुखमा गंगाबहादुर श्रेष्ठ र उपप्रमुखमा उमादेवी गुरुङ लामा, जनकपुर उपमहानगरपालिकाको प्रमुखमा मनोज चौधरी र उपप्रमुखमा रिता मिश्र, कलैया उपमहानगरपालिकामा जयप्रकाश साह र उपप्रमुखमा नासरिन नाज र जीतपुर सिमरा उपमहानगरपालिकाको प्रमुखमा सञ्जय साह र उपप्रमुखमा देवी मोक्तानलाई उम्मेदवार बनाएको छ।
त्यस्तै, घोराहीको प्रमुखमा सत्यम पुन, तुलसीपुरको प्रमुखमा भूपेन्द्र भण्डारी, धनगढीको प्रमुखमा बसन्त विक, हेटौंडाको प्रमुखमा सञ्जीव खराल र उपप्रमुखमा नानीमैयाँ श्रेष्ठलाई उम्मेदवार बनाएको छ।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।