ललितपुर– नेकपा एमालेको तर्फबाट ललितपुर महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दर्ता गरेकी मञ्जली शाक्यविरुद्ध उजुरी परेको छ।
उनकाविरुद्ध ज्ञानबहादुर खड्गीले उजुरी दर्ता गराएका हुन्। निर्वाचन अधिकृतको कार्यालय शाक्यविरुद्ध उजुरी परेको जनाएको छ। उक्त उजुरी दर्ता समेत भइसकेको छ।
शाक्यको नाम एमालेले निर्वाचन आयोगमा पेस गरेको समानुपातिकतर्फको बन्दसूचीमा कायमै रहेको भन्दै उनीविरुद्ध उजुरी परेको हो। बन्दीसूचीमा नाम रहेका व्यक्ति स्थानीय तहको उम्मेदवार बन्न नपाउने व्यवस्था छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।