काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई 'साह्रै भलाद्मी नहुन' निर्देशन दिएका छन्। गएको निर्वाचनमा भरतपुर महानगरपालिकाको घटनातर्फ संकेत गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।
मनमोहन स्मृति दिवसको अवसरमा बोल्दै उनले भने, ' साह्रै भलाद्मी हुने होइन। ठिक्क भलाद्मी हुने। कसैले न्याय मार्न खोज्यो भने जिउँदो भएर उभिनुहोस्।'
उनले सत्ता गठबन्धन फेरि पनि चुनाव सार्न नै सक्रिय भएको आरोप लगाउँदै त्यस्तो गर्न नदिइने बताए।
'अझै पनि मुद्दा हालेर चुनाव सार्न परामर्श भइरहेको छ। अव कुनैपनि हालतमा चुनावमा सर्दैन। मत बढाउन र जोगाउन सक्रिय हुनुहोस्,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।