काठमाडौं- नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन्।
उनले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनपछि सक्रिय राजनीतिबाट बिदा लिनेबारे निर्णय गर्ने उल्लेख गरेका हुन्।
'सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ। स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु' सामाजिक सञ्जालमा उनले लेखेका छन्।
घिमिरे नेपाली कांग्रेसको गत महाधिवेशनमा प्रदेश १ को सभापतिमा उद्धव थापासँग दुई मतले मतले पराजित भएका थिए।
सामाजिक सञ्जालमार्फत घिमिरेले स्थानीय तहको निर्वाचनमा देशभरी उम्मेदवार बनेकाहरुलाई जितको शुभकामना दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।